‘प्रचण्ड कामरेड ! नाति अाफ्नाे, नाति पाउने बुहारी पराई ?’ प्रकाशकाे पहिलाे पूण्यतिथिमा बिनाले गरिन् सिर्जनाकाे घाेर अपमान

‘प्रचण्ड कामरेड ! नाति अाफ्नाे, नाति पाउने बुहारी पराई ?’ प्रकाशकाे पहिलाे पूण्यतिथिमा बिनाले गरिन् सिर्जनाकाे घाेर अपमान

srijana-tripathai

पाेखरा । १० वर्ष अघि पाेखरा पृथ्वीचाेक स्थित वाइसिएल क्याम्पमा झ्याईं झ्याईं बाजा घन्काएरै भित्राएकी बुहारी सिर्जनामाथि मुलुककै ठूलाे पार्टीकाे ठूलाे नेता प्रचण्ड परिवारबाटै घरेलु हिंसा भएकाे छ ।

बुहारी सिर्जना त्रिपाठी दाहालमाथि प्रचण्ड परिवारबाट भएकाे मानसिक हिंसाकाे अहिले सर्वत्र अालाेचना भएकाे छ । तत्कालिन नेकपा माअाेवादीका अग्रज नेता पाेष्टबहादुर बाेगटीकी छाेरीसँग डिभाेर्सपछि सिर्जना बिहे गरेका प्रकाशले तेस्राे श्रीमतीका रूपमा अर्कैकाे श्रीमती बिना मगर बिहे गरेपछि सिर्जना कास्कीकाे हेम्जा स्थित माईतीघरबाट प्रकाशकाे घर फर्किनन् ।

छाेरा प्रसिद्ध पढाएरै माईतमै बस्दै अाएकी थिईन् । गत वर्ष मंसिर ३ मा प्रकाश दाहालकाे असमायिक निधन भयाे । काटीकुटी प्रकाशकै अनुहार परेका प्रशिद्धलाई हजुरबुवाले काठमाण्डाैंमै राखे । सिर्जनालाई घरभित्र छिर्ने वातावरण मिलेन । पतिकाे निधनपछि दुई जना मिलेर राजनीतिमा अघि बढ्नुपर्ने हाे तर बिना सांसद हुँदै मन्त्री बनिन् । प्रकाश नै पति हाे भनेर एकल जीवन जिउँदै अाएकी सिर्जनाले प्रचण्ड परिवारबाट कुनै सहानुभूति समेत पाएकी छैनन् ।

छाेराेकाे जन्मदर्ता नबनाइदिएकाे, छाेराे प्रसिद्धले पढ्न नपाएकाे, विवाह दर्ता नबनाएकाे जस्ता समाचार अाउँदा पनि सिर्जनाले कहिल्यै प्रचण्डकाे ईमानमा अाँच अाउन दिन्नँ भन्दै कहिल्यै अाफूमाथि परेकाे अन्याय बारे बाेलिनन् । अझै पनि बाेल्न मान्दिनन् । तर, सिर्जनामाथिकाे हिंसा प्रकाशकाे निधनपछि समेत राेकिनुकाे सट्टा झन् बढेकाे छ ।

पतिकै पूण्यतिथिमा मन्त्रीपदधारी बिनाले गरिन् सिर्जनाकाे अपमान

नेकपा अध्यक्ष प्रचण्ड निवासमा सोमवार छोरा प्रकाश दाहालको प्रथम पूण्यतिथीमा आयोजित सार्वजनिक कार्यक्रममा बुहारी सिर्जनामाथि अपमानजनक व्यवहार भएको खुलासा भएकाे छ ।

सरसफाई तथा खानेपानी मन्त्रीसमेत रहेकी प्रचण्डकी बुहारी बिना मगरले सिर्जनालाई अपमान गरेकि हुन् ।

मञ्चको दोस्रो लहरमा मोहन वैद्यसँगै प्रचण्डका छोरी रेणु, गंगा र बुहारी बिना बसेका थिए । त्यसबीचमा नेकपाका केही नेताहरुले कार्यक्रमस्थलको कुनामा बसेर हेरिरहेकी अर्की बुहारी सिर्जनालाई पनि मञ्चमा लगेका थिए ।

सिर्जना गएर मञ्चको तेस्रो लहरमा बस्नासाथ अघिल्लो लहरमा बसेकी बिना पछाडि फर्केर केही भनेको दृष्य भिडियोमा कैद छ । बिनाले पछाडि फर्केर सिर्जनालाई केही भनेलगत्तै रेणु गंगा र बिना मञ्चबाट केहीबेर बाहिरिए । उनीहरु उठेपछि सिर्जना पनि उठेर पत्रकार दीर्घाको कुर्सीमा गएर बसेकी थिइन् ।

स्रोतका अनुसार सिर्जनालाई सोमबारको कार्यक्रममा बोलाइएको थिएन । उनी मञ्चमा गएर बसेपछि बिनाले ‘तपाई किन आउनु भएको यहाँ ?’ भन्दै अपमानजनक व्यवहार गरेको प्रत्यक्षदर्शी एक सुरक्षाकर्मीले बताए । त्यसपछि सिर्जना कार्यक्रमस्थलभर एउटा कुनामा गएर बसेकी थिइन् ।

प्रकाशको प्रथम स्मृतिमा प्रकाशन गरिएको स्मृतिग्रन्थमा पनि प्रकाश दाहालकी पत्नी भनेर बिना मगरको मात्र नाम राखिएको छ । संक्षिप्त परिचयमा सिर्जनाका छोरा प्रसिद्धको नाम राखिएको छ । तर पत्नीमा आफ्नो नाम नराखेर अस्तित्व स्वीकार नगरिएको तथा पूण्यतिथिमा अपमानजनक व्यवहार भएको भन्दै सिर्जनाले ‘सम्बन्धित ठाउँमा’ आपत्ति जनाएकी छन् ।

कार्यक्रमपछि छोरो प्रसिद्धलाई भेटेर जान्छु भन्दै उनी प्रचण्ड निवासभित्र छिरेकी थिइन् । प्रचण्डले नातिलाई आफूसँगै राखे पनि पारिवारिक तनावका कारण बुहारी सिर्जनालाई भने छोरासँग राख्न सकेका छैनन् । सिर्जनाले पनि आफू प्रचण्डकै कारण मुख नखोली बसेको बताउने गरेकी छन् ।

स्मारिकामा बिना मगरले प्रकाशको बैबाहिक जीवनका सन्दर्भमा सिर्जना र उनीभन्दा पहिलेकी प्रथम पत्नीलाई चोट पर्ने कुराहरु लेखेको भन्दै आलोचना भएको छ । नयाँ बैबाहिक जीवनमा रहेकी प्रकाशकी प्रथम पत्नीले फेसबुकबाटै सांकेतिक रुपमा बिना मगरप्रति कटाक्ष गरेकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ