श्यामशितल परियार, लमजुङ । प्रसिद्ध अन्नपूर्ण पदर्मागमा पर्ने लमजुङको मस्र्याङ्दी गाउँपालिकाको खुदीमा प्रथम मस्र्याङ्दी महोत्सव सञ्चालन गरिएको छ । महोत्सव मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ ।

सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गरेका हुन । महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले प्राकृतिक श्रोत–साधनलाई समृद्धिको आधार बनाईनुपर्ने उल्लेख गरेका छन । पर्यटन, ऊर्जा, कृषि र उद्योगबाट गण्डकी प्रदेशको समृद्धि सम्भव रहेको उनले बताए ।

गण्डकी प्रदेशमा होमस्टे पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्षमा ३० करोड बजेट विनियोजन गरिएको समेत उनले बताए । ‘अबको ५ वर्षभित्रमा प्रदेशमा ५० हजारलाई रोजगारी स्वरोजगार बनाईनेछ । यसका लागि प्रदेशभित्र ३ सय गाउँमा होमस्टे सञ्चालन गरिनेछ । यसको पूर्वाधार निर्माणका लागि ३० करोड रुपैयाँ छुट्याईएको छ,’ उनले थपे ।

उनका अनुसार प्रदेशमा ‘नमूना फर्म सञ्चालन’का लागि ४० करोड बजेट विनियोजन गरिएको छ । ‘समृद्ध, आधुनिक, हराभरा मस्र्याङ्दी गाउँपालिकाको आधार । कला, सँस्कृतिको संरक्षण, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन गरिएको हो ।
मौलिक, कला, धर्म–सँस्कृति, भेषभुषाको संरक्षण, जलविद्युतमैत्री गाउँपालिका निर्माण, होमस्टे र पर्यटन प्रवद्र्धनको लागि महोत्सव सञ्चालन गरिएको प्रथम मस्र्याङ्दी महोत्सव मूल समारोह समितिका सह–संयोजक एवम् मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले बताए ।

उनका अनुसार महशिकार, कृषि तथा स्थानीय उत्पादन प्रर्दशनी, स्थानीय कलासंस्कृतिको प्रर्दशनी, होमस्टेसहितका विभिन्न पर्यटकीय स्थानको भ्रमण, अर्गानिक खाना, विभिन्न मनोरञ्जनात्मक कार्यक्रम, विभिन्न खेलकुद प्रतियोगिता महोत्सवका मुख्य आकर्षण हुन् ।

महोत्सवका अवसरमा विभिन्न जातीय सँस्कृति प्रस्तुत गरिएको छ । महोत्सवमा गुरुङ सुमदायको झाँक्री नाच, घ्याब्रे नाचका साथै ब्राह्मण, क्षेत्री समुदायको भजननाच समेत प्रस्तुत गरिएको छ ।

जिल्लामा विभिन्न पर्व, अवसरमा मेला, उत्सव र महोत्सवहरु सञ्चालन हुँदै आएका छन् । ‘बेलाबखतमा हुने यस्ता मेला, महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुर्याउँछ,’ लमजुङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवम् होटल व्यवसायी रामकुमार श्रेष्ठले बताए ।

मस्र्याङ्दी महोत्सवमा ३० वटा स्टल राखिएका छन् । महोत्सवमा २० हजार दर्शकले अवलोकन गर्ने महोत्सव मूल समारोह समितिले अपेक्षा गरेको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो