काठमाडौ । नेपाली चेली मेनुका पौडेल भारतीय रियालिटी शो सारेगमपको शीर्ष १३ मा पुगेकी छिन् । मेनुकाले जि टिभीबाट प्रशारण भइरहेको आइतबारको शोमा फिल्म खुबसुरतको ‘पिया बाबरी’ बोलको गीत गाउँदा जजहरु उठेर उनको हौसला बढाएका थिए ।
उनको प्रस्तुतीलाई जुरीका सदस्यले ९९.३ प्रतिशत अंक दिए । जज साजिद खानले उनको प्रशंसा गर्दै भने, ‘तपाईंले निकै सुन्दर तरिकाले यो गीत गाउनुभयो । तबलाको बोल, सरगम निकै राम्रो थियो, डायनामिक्स कमालको थियो ।
समग्रमा तपाईंको प्रस्तुती निकै शानदार थियो । ’ यस्तै अर्का जज शेखर दादलानीले उनलाई ‘बेटा’ भनेर सम्बोधन गर्दै भने, ‘तिमीले जसरी गाइरहेकी छौ, त्यसरी नै निडर भएर गाउ ।’ यस्तै, बलिउडकी डिम्पल गर्ल भनेर चिनिने प्रिटी जिन्टाले पनि उनको खुलेरै प्रशंसा गरिन् ।
उनले भनिन्, ‘तपाईं भित्र जुन सुर छ, जुन भावना छ, त्यो निकै शुद्ध छ । त्यसकारण बधाई, प्रस्तुती निकै राम्रो थियो ।’ यस्तै, कार्यक्रमका प्रस्तोता आदित्य नारायणले उनीसँग नेपाली भाषामा कुरा गर्दैै भने, मेनुकाजी, एकदमै राम्रो लाग्यो ।’
उनले मेनुकालाई नेपाली भाषामै प्रश्न पनि सोधे, ‘तपाईंलाई सारेगमपमा आएर कस्तो लागेको छ ?’ जवाफमा मेनुका भन्छिन्, ‘मलाई एकदम खुसी लागेको छ ।’
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ