श्यामशितल परियार, लमजुङ । सुन्दरबजार नगरपालिका ७ मा रहेको सुन्दरबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिका अध्यक्ष उत्तम गुरुङको अध्यक्षतामा आयोजित साधारणसभामा सुन्दरबजार नगरपालिकाका मेयर जनकराज मिश्रको प्रमुख आतिथ्यता रहेको थियो ।
साधारणसभालाई सम्वोधन गर्दै मेयर मिश्रले सुन्दरबजार नगरपालिकामा खानेपानीको विषय सबैको चिन्ताको विषय हुनुपर्ने बताएका छन । पिउने पानीको दीघर्कालिन श्रोत खोज्नमा सबैको ध्यान केन्द्रती हुनुपर्ने उनको भनाई छ ।
टाढाबाट ल्याएको पानी भरपर्दो नहुने भएकाले स्थानीय पानीको मुहानको संरक्षण र उपयोगमा पनि उचित ध्यान जानुपर्नेमा उनले जोड दिए ।
नगरभित्रका सबै गाउँटोलबस्तीमा खानेपानीको व्यवस्थाका लागि नगरपालिकाले सक्दो काम गर्ने समेत उनले बताए । कार्यक्रममा समितिका कोषाध्यक्ष कृष्ण प्रसाद आचार्यले आव्यय विवरण प्रस्तुत गरेका थिए ।
समितिका उपाध्यक्ष भोजबहादुर गुरुङले स्वागत गरेको कार्यक्रममा सुनपा वडा नं ७ का वडाअध्यक्ष जयराम रेग्मी, लउवासंघका प्रथम उपाध्यक्ष रामबाबु श्रेष्ठ, लउवासंघ सुन्दरबजारका अध्यक्ष सोमबहादुर न्यौपाने, जग्गादाता नरेन्द्रराज ढुंगाना, समाजसेवी द्धारिका प्रसाद मिश्र, लसुने खोला खानेपानीका अध्यक्ष प्रेम जिसी, सुन्दरबजार बहुउद्धेश्यीय सहकारीका गोविन्द गुरुङ, जनशक्ति युवा क्लवका अध्यक्ष नवीनकुमार श्रेष्ठ, उपभोक्ता हिरा बहादुर सापकोटा, पार्वती अधिकारी लगायतले बोल्दै सुन्दरबजार खानेपानीले नागरिकको घरदैलोमा प्रभावकारी ढंगले खानेपानी पुर्याउनुपर्नेमा जोड दिएका छन् ।
प्रभावकारी ढंगले खानेपानी घरघरमा पुर्याउनका लागि समितिलाई सम्वन्धित सबैको साथा सहयोग आवश्यक पर्ने समेत उनीहरुले बताएका छन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
खरखरे भिरको पहिरो रोकथाममा ढिलाइ
लमजुङका मालपोत कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो