तनहुँको कमलबारीमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु (भिडियो सहित)

तनहुँको कमलबारीमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु (भिडियो सहित)

accikb2

तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको कमलबारीमा आइतबार जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

व्यास नगरपालिका वडा नम्बर १२ कमलबारीमा डुम्रे बाट दमौली तर्फ आउदै गरेको ना २ च ४३४९ नम्बरको जिप र दमौली बाट डुम्रे तर्फ जादै गरेको ग १ प ११४४ को मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो ।


दुर्घटनामा परि मृत्यु हुनेमा व्यास नगरपालिका वडा नम्बर १ गल्बुबेसी बस्ने वर्ष २६ का मोटरसाइकल चालक रवि माझि रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेको उपचारको क्रममा साझ दमौली अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिप, मोटरसाइकल र जिप चालक प्रहरिको नियन्त्रण रहेको छ ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ