अनेरास्ववियु कार्यवाहक अध्यक्षमा रश्मि अाचार्य

अनेरास्ववियु कार्यवाहक अध्यक्षमा रश्मि अाचार्य

46400033_2211391458884761_8334917975337336832_n

पाेखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काे कार्यवाहक अध्यक्षकाे जिम्मेवारी उपाध्यक्ष रश्मि अाचार्यले पाएका छन् ।

अनेरास्ववियु अध्यक्ष नविना लामा २१ दिने लामाे यूके यात्रामा निस्कनुअघि कार्यवाहक अध्यक्षमा अाचार्य ताेकेकी हुन् ।

उपाध्यक्षहरू रश्मि अाचार्य, महेश बर्ताैला, सुनिता बराल, शैलेस लामामध्ये अध्यक्ष लामाले अाचार्यलाई जिम्मेवारी प्रदान गरिन् ।

नेकपा एमाले र माअाेवादी केन्द्रकाे एकतापछि एकीकृत विद्यार्थी संगठनकाे नेतृत्व गर्न समेत तम्तयार रहेका अाचार्य संगठनकाे तल्लाे तहदेखि याे स्थानमा अाइपुगेका हुन् ।

मुलुककै ठूलाे क्याम्पस मध्ये एक पृथ्वीनारायण क्याम्पसमा २०६५ सालमा स्ववियु सभापति अाचार्यले संगठन विभाग प्रमुख, काेषाध्यक्ष हुँदै उपाध्यक्ष पदमा रहेर संगठनमा क्रियाशील छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ