पोखरा । उत्तमचोककोे होण्डा स्वरुमबाट चोरी भएको स्कुटर प्रहरीले फेला पारेको छ । वडा प्रहरी रामबजारको टोलीले बिहीबार दिउँसो पोखराको अमरसिंहचोकबाट स्कुटर सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले अमरसिंह उच्च माबिको गेट नजिकैबाट दार्चुला घर भइ हाल अमरसिंह चोक बस्ने मदन रावललाई स्कुटर सहित पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय राम बजारका प्रमुख प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिए ।
पोखरा गणेशटोल बस्ने वविसरा राना मगरले बुधवार स्वरुममा सर्भिसिङको लागी छोडेको ग १५ प ७२४ नम्बरको कालो रंगको स्कुटर दिउसो हराएको थियो । स्कुटर हराएको थाहा पाएसंगै वडा प्रहरी कार्यालय रामबजारले होण्डा स्वरुममा सिसी क्यामेरा जडान नभएपछि स्वरुम वरपरको सिसी क्यामेराको फुटेजलाई आधार मानी खोजीकार्य तीब्र पारेको र बिहीबार दिउसो स्कुटर फेला पार्न सफल भएको प्रहरी निरीक्षक केसीले वताए ।
होण्डा स्वरुमले स्वरुममा सिसी क्यामेरा जडान नगरेकै कारण स्वरुमबाट स्कुटर चोरी भएको र स्वरुमको चरम लापरबाहीकै कारण स्कुटर हराएको भन्दै वडा प्रहरी कार्यालयले स्वरुमका सञ्चालकलाई तत्काल सिसी क्यामेरा जोड्न समेत आग्रह गरेका छन ।
कुनैपनि ब्यवशाय गर्ने ब्याक्तिले आफ्नो पसलको सुरक्षाको लागी सिसी क्यामेरा जडान गरेको खण्डमा कही कतै केही घटना भएमा प्रहरीलाई अनुसन्धान गर्न सजिलो हुने केसीले वताए ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो