नेगम परियार, मनाङ । हिमाल पारिको जिल्लाको रुपमा परिचित मनाङ जिल्ला एउटा यस्तो जिल्ला हो जहाँ हरेक कुराहरु चकित तथा आशर्यजनक छ । यहाँ नदी छ माछाँ छैन, बस्ती छ तर बस्तीमा बाउन, क्षेत्री जातिको बसोबास छैन । यहाँ दशैँ, तिहार मनाईन्न, जनसंख्या थोरै तर आय स्रोत धेरै, १२ महिना जाडो हुने जस्ता थुप्रै यी र यस्ता कुराहरु अचम्मको देख्न र हेर्न पाईन्छ ।
त्यस्तै मनाङ जिल्लाको मुख्य पहिचान हो (तिलिचो ताल ) तिलिचो ताल विश्वकै अग्लो स्थानमा रहेको ताल हो । तिलिचो ताल मात्र नभई मनाङमा अन्य तालहरु पनि छन जस्तै हिम ताल, गंगापुर्ण ताल, द्रोण ताल लगायत अन्य तालहरु पनि छन तर उचित प्रचार प्रसार हुन नसक्दा यी तालहरुको नाम मात्रमा सिमित भएको छ ।
अन्नपूर्ण पदमार्गमा पर्ने यो जिल्ला पैदल यात्री र तिलिचो तालको अवलोकन गर्न आउने पर्यटक नै यस क्षेत्रको मुख्य पहिचान हो । अन्नपूर्ण पदमार्गको आफनै ठाउँमा पहिचान छ भने तिलिचो तालको पनि छुटै पहिचान छ । बास्तवमा मनाङ आउने बाहिय तथा आन्तरिक पर्यटकहरु तिलिचो ताल नजाने कमै होलान ।

मस्र्याङ्गदी नदीको उद्गम स्थल विश्वकै उच्च स्थलमा रहेको तिलिचो ताल समुन्द्र सतहबाट ४,९१९ मिटरको उचाईमा रहेको छ ।
तिलिचो ताल १ कि.मि. चौडाई, ४ कि.मि. लम्बाई २०० मि. गईराई र ३.८४ बर्ग मि.मा फैलिएको छ । मनाङ जिल्लामा अवस्थित तिलिचो तालको पौराणिक नाम कमकभुशुण्डी ताल हो । त्यस्तै तिलिचो ताललाई प्राचीन नाउँ काकह्रद समेत भनिन्छ । तिलिचो ताल रहेको स्थानलाई तिली भनिन्छ ।
मनाङ्गे भाषामा ताललाई छौ भन्ने हुदाँ तिलिचो ताल रहेको स्थानको नाम तिली र ताललाई छौ भनिने हुदा तिलिचो तालको नाम तिलिछौ रहेकोमा तिलिछौ भन्दा भन्दै तिलिचो भएको कथन कर्मचारी मिलन केनद्र चामे मनाङले प्रकाशन गरेको मुखपत्रमा लेखिएको छ । तिलिचो ताल ज्यादै अचम्मको ठाउँमा छ ।
मस्र्याङदी नदीको मुहान रहेको तिलिचो तालकै पिधबाट रसाएर मस्र्याङदी नदी बनेको हो । चैत्र महिना देखि कार्तिक महिनाको बिचमा तिलिचो ताल जानको लागी उपयुक्त समय मानिन्छ भने जेष्ठ देखि भाद्र महिना सम्मको समयमा पनि तिलिचो ताल जान सकिने स्थानीहरुले बताउछन ।

तिलिचो ताल जानको लागी लम्जुङको बेशिसहरबाट मनाङ जिल्लाको माथिल्लो मनाङको खाङ्गसार सम्म सडक मार्ग रहेको छ । मनाङ्गको खाङ्गसार फ्याकचे फेदी बाट पैदल यात्रा शुरु हुन्छ । यात्राको क्रममा बाटोमा तिन वटा कुण्डहरु पानपाते, गोलो र साधरण खालका तिन वटा कुण्डहरु देख्न सकिन्छ ।
यी तिन वटा कुण्ड पार गरिसके पछि करिब २० मिनेटको पैदल यात्रा पस्चात तिलिचो ताल पुग्न सकिन्छ । मनाङको खाङ्गसार बाट तिलिचो ताल रहेको स्थान तिलि सम्मको यात्रा अति जोखिम रहेको छ ।
पदमार्ग अति जोखिम छ भने अर्को जोखिम हो हाई लाग्ने समस्या, यहाँ १२ महिना हिउँ परिरहने भएकोले पनि सबै मानिसहरु तिलिचो ताल पुग्न नसक्ने गरेको पाईन्छ । यस क्षेत्रमा सबै भन्दा बढी हिउँ पर्ने समय भनेको पुषबाट फागुन सम्मको यो तिन महिना अति हिउँ पर्ने भएकाले यो तिन महिनामा तिलिचो तालको यात्रा अति जोखिम र खतरा हुने गर्दछ ।
तिलिचो तालको बसाईका सम्बन्धमा गहन अध्यन एवं दृश्यावलोकनको निम्ति यहाँ आन्तरिक तथा बाहिय पर्यटकहरुको ओइरो लाग्ने भएकाले पनि मनाङ जिल्लाको तिलिचो ताल क्षेत्रको धार्मिक महोत्सब सञ्चालन गर्न आवश्यक रहेको देखिन्छ । तिलिचो ताल क्षेत्रको प्राकृतिक र पुरातात्विक स्थिति भित्र पौराणिक र धार्मिक स्थितिले पनि त्यक्तिकै महत्व भएको पाईन्छ । तिलिचो तालको दृश्यावलोकन गर्दा पूर्वतर्फ र केहि उत्तर तर्फ खाली चट्टानका नाङगा पहाडहरु देखिन्छन ।
यस्तै पश्चिम र दक्षिण दिशा तर्फ भने ठुला ठुला हिमालका दृश्यहरु भेटिन्छन । धार्मिक क्षेत्रको बारेमा पनि तिलिचो ताल उतिकै प्रख्यात र प्रशिद्ध छ । तिलिचो तालमा पितृको अस्तु सेलाएमा पितृहरुको स्वर्गको बासहुने भनाई छ । त्यस्तै तिलिचो तालमा स्नान गरेमा मृत पस्चात बैकुण्ठ तरिने बिश्वास छ । बिशेष गरी तिलिचो तालको हिन्दु धर्म र बौद्ध धर्मावलम्बीहरुको बिशेष स्थान हो तिलिचो ताल ।
तिलिचो तालको वरिपरि हिउँको थुप्रोमा स साना तालहरु बनेको देख्न सकिन्छ । तिलिचो ताल उत्तर र दक्षिण दिशामा फैलिएको यो तालको दृश्य अचम्मको अलौकिक रहेको छ । तिलिचो तालको वरिपरि नियाल्दा यहाँ आकाश धर्ती गर्जेको जस्तो ठुलो आवाज निस्कन्छ । पानीको छाल तितरबितर भएर तालको किनारामा देखापर्दछ ।
यस स्थानमा पोशाक खोली तिलिचो तालको कुनामा पुगी ईश्वर शिबको नाम अर्थात हर हर महादेब जपेर धूप दीप बालेर पुकारा गरी अध्र्य दिएमा र जप ध्यान सत्यको बिजय शक्ति प्राप्त भएझै त्यो किनारामा आएको छाल नचलिकन रोकिने शक्ति देखिने कुरा श्रद्धालु तालमा स्नान गर्न जाने भक्तजनहरुबाट सुनिएको छ ।

यसैलाई यहाँ आउने तथा स्थानीय मानिसहरु कैलाशपति महादेबको हरहर शक्ति हो भन्दछन । पुराणमा बर्णन गरिएको मनाङको उत्तरतर्फको अन्नपूर्ण नीलगिरिको काखमा रहेको काकभुशुण्डी ताल भनेकै यही तिलिचो ताल हो । यो काकभुशुण्डी ताल पोखराको बेगनाश ताल भन्दा अलिकति साने छ । मनाङ जिल्लाको पश्चिमी दिशामा पर्ने काकशुण्डी तालबाट सूर्य उदाएको हेर्दा यो ताल दक्षिण दिशामा अवस्थित भएको देखिन्छ ।
हरेक नेपालीले एकपटक यो तालको मनोरम दृश्य हेर्ने र दर्शन गर्ने हो भने उसले आफूलाई भाग्यमानी सम्झन्छ । यो तालको शिखरमा चुमेपछि धार्मिक दृष्टिले पनि उसको नरक भोग्नु पर्दैन भन्ने धार्मिक बिश्वास छ । यस तालको पबित्र भूमिमा पाइला टेकेमा ,स्नान गरेर महादेबको स्तुति जप गरी धर्म गरेमा, अचम्मको हिमदृश्य तथा सुन्दर धर्तीमा परेको सूर्यको किरण देखेमा प्रत्येक मानिसको हृदयमा आफूले जन्म लिएको साकार हुने बैकुण्ठबास जाने परिकल्पना गर्न सक्दछ भन्ने धार्मिक रुपमा सत्यताथ्य भनाई रहेको पाईन्छ ।

पौराणिक महत्वलाई दृष्टि दिएरै होला तत्कालिन ने.क.पा. एमालेका महासचिव मदन भण्डारी र नेपाली राजनीतिका शिखर पुरुष स्व.गिरिजा प्रसाद कोइराला दुबै जनाको अस्तुधातु यही तिलिचो तालमा लगेर सेलाइएकोे थियो । त्यस्तै भारतबाट समेत केहि धनाढ्य ब्यक्तिहरुले हेलिकप्टर चार्टर गरी तिलिचो तालमा लगेर आफनो आफन्तहरुको अस्तु सेलाउने गरेको कुराहरु यहाँका स्थानीय ब्यक्तिहरुबाट अवगत भएको छ ।
वर्तमानमा आएर तिलिचो तालको पर्यायवाची नाम काकभुशुण्डी तालले नेपालको विशेषताको रुपमा रहेको सगरमाथा, लुम्बिनी, पशुपतिनाथ जतिकै बिश्व बिख्यात स्थान प्राप्त गरेको छ । बौद्धधर्मावलमबी लगायत सबै धर्म समप्रदायका लागि पावन भूमि मानिएको लुम्बिनी जतिकै भौगोलिक एव.प्राकृतिक बिशेषता भित्र यो मनाङ जिल्लाको काकभुशुण्डी ताल पनि परेको छ ।

बिश्वमै कहीँ कतै नभएको सर्वाेच्च उचाईमा बनेको हिमताजको प्राकुतिक छटाले जाज्वल्यमान काकभुशुण्डी तालको शोभायमान स्थिति प्रशंसा गर्न लायकको छ । मनाङ जिल्लाका खाङ्गसार गाउँ सम्म मोटर बाटो खुलेको भर्रखर मात्रै हो ।
मनाङ्गको खाङ्गसारबाट पैदलमार्ग हुदै समुन्द्र सतह बाट ५२०० मि. उचाईमा रहेको खाङ्गसार बेसक्याम्पमा गुग्न मनाङ्ग जिल्लाको सदरमुकाम चामेबाट पैदल डेढ दिन लाग्छ । तर मोटर बाटो खाङ्गसार सम्म पुगेकोले लम्जुङ्ग बेशिसहरबाट सिधै मनाङ्ग जिल्लाको खाङ्गसार सम्म सिधा जान पनि सकिन्छ तर एकै पटक यतिका उचाईमा जादा हाई लाग्न सक्ने भएकोले पनि सदरमुकाम चामे बाट पैदल जादा सहज हुन सक्छ ।

मनाङ जिल्लाको खाङ्गसार बेसक्याम्प बाट पकरिब साँढे तिन घण्टाको समयको पैदल यात्रा पस्चात तिलिचो ताल पुगिन्छ । मनाङ्गको खाङ्गसारबाट अति जोखिम बाटो तल मस्र्याङदी नदी र हिमाली भञ्ज्याङका डाँडाँकाँडाहरु पार गर्नु पर्दछ । मनाङ जिल्लाको खाङ्गसारबाट तिलिचो ताल जाने २ वटा पदमार्ग छन । एउटा लामो बाटो र अर्को छोटो बाटो । जस मध्ये लामो बाटो राम्रो र सुरक्षित बाटो छ भने अर्को छोटो बाटो अति जोखिम र डरलाग्दो छ ।
छोटो बाटो जोखिम र डरलाग्दो बाटो भएपनि तिलिचो ताल हेर्नको देख्नको हतारमा मानिसहरु छोटै बाटो बढी प्रयोग गर्दछन । मनाङको भौगोलिक बनावट भित्र ईश्वरीय शक्तिले अलौकिकता देखाएको छ ।

तिलिचो ताल संसारमै नाम चलेको उच्च स्थानमा रहेको र पर्यटकहरु आउँदा औधि खुशि हुने र पर्यटकहरुको प्रमुख गन्तब्य स्थल हो । त्यसैले त भर्रखरै मात्र नेपाल सरकार संस्कुति, पर्यटन तथा नागरिक उड्डयन मनत्रालयले नयाँ एक सय पर्यटकीय गन्तब्यमा मनाङ जिल्लाको तिन गन्तब्य मध्ये तिलिचो ताल पनि एक हो । यसले अझ तिलिचो तालको लागी र पुरै मनाङ्गे बासीहरुमा थप आकर्षण थपेको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो