पुस मसान्तसम्म तीनै तहमा कर्मचारी समायोजन हुन्छ : मन्त्री लालबाबु पण्डित

पुस मसान्तसम्म तीनै तहमा कर्मचारी समायोजन हुन्छ : मन्त्री लालबाबु पण्डित

LalBabu Pandit

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी पुस मसान्तसम्ममा तीन वटै तहमा कर्मचारी समायोजन भइसक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘कर्मचारी समायोजनसम्बन्धी अध्यादेश मन्त्रिपरिषदमा छलफल भएर परामर्शका लागि लोकसेवा आयोगमा पठाइएको छ, त्यो अध्यादेश पारित भएर ऐनका रुपमा आएपछि तीन वटै तहमा देखिएको कर्मचारीसम्बन्धी समस्या समाधान हुनेछ ।’

मन्त्री पण्डितले समायोजनमा कर्मचारीलाई प्रोत्साहन दिइएको उल्लेख गर्दै प्रदेश लोकसेवा ऐन नबनुञ्जेल सङ्घीय लोकसेवा आयोगले आवश्यक पदपूर्ति खुला गरी कर्मचारी खटाउने बताए ।

प्रदेशका मन्त्रालयमा अस्थायी रुपमा विज्ञताका आधारमा सचिव सरुवा गरिएको स्पष्ट पार्दै उनले कर्मचारी ऐन आएपछि निश्चित अवधि पूरा नभएसम्म सरुवा–बढुवा नहुने जानकारी दिए । एक प्रश्नको जवाफमा उनले सरकारले उपलब्ध गराएको बाहेक अन्य केही पनि सुविधा आफूले नलिएको बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds