नेगम परियार, मनाङ । अन्नपूर्ण पदमार्गलाई मध्यनजर दिदै “याक अटयाक २०१८” साईकल दौडको टोली मनाङ आईपुगेका छन । सोमबार लमजुङको बेशिसहरबाट हिडेको टोली मंगलबार बिहान मनाङको सदरमुकाम चामे आईपुगेको हो ।
गएराती मनाङ प्रबेश गरी ताल गाउँमा रात बिताएको र भोलीपल्ट बिहानै मनाङको यात्रामा साईकल यात्रा सुरु भएको टोलीले बताएको छ ।
बिश्वकै उच्च हिमाली भेगमा आयोजना
१२ औँ संस्करण सोमबार लम्जुङको बेशिसहरबाट सुरु गरिएको हो । पहिले-पहिले काठमाडौँबाटै यो प्रतियोगिता हुने गरेता पनि पछिल्लो समयमा लम्जुङको बेशिसहर बाटै हुने गरेको छ ।
उक्त प्रतियोगीतामा भाग लिएका खेलाडीहरुले लम्जुङबाट मनाङ जिल्ला पास गरि पाँच हजार चार सय १६ मिटर उचाईमा रहेको थोरङ पार गर्दै मुस्ताङ जिल्लाको मुक्तिनाथ मन्दिर हुदै कालापानी सम्मको साईकल यात्रा रहने प्रतियोगीताका व्यवस्थापक अजय पण्डित क्षेत्रीले बताए । प्रतियोगीहरुको मुस्ताङको जोमसोम सम्मको यात्रा ६ दिनको रहेको उनले बताए ।
प्रतियोगीतामा एक मात्रै नेपाली महिला
प्रतियोगीतामा सुरु भएको ६ दिन पछि मुस्ताङको जोमसोम हुदै कालापानी पुगी प्रतियोगीता समाप्त हुने क्षेत्रीले बताए । सो प्रतियोगीतामा सहभागी एक मात्रै नेपाली महिला लक्ष्मी मगरले प्रतियोगीताले नेपाललाई बिश्वमा चिनाउन तथा पर्यटन प्रर्बद्धनमा सहयोग पुराउन प्रतियोगीतामा भाग लिएको मगरले बताईन ।
प्रतियोगीतामा ३३ जनाले भाग लिएका छन । एक नेपाली सहित तीन बिदेशी महिला छन । आँठ नेपाली र २५ बिदेशी नागरिक रहेका छन । प्रतियोगीता भर उनिहरुले १ सय ५७ किलोमिटर दुरी पार गर्नु पर्ने प्रतियोगिताका ब्यबस्थापक मुखिया गोतामेले बताए ।
उक्त प्रतियोगितामा पाँच हजार अमेरिकी डलर रासीको पुरस्कार रहेको छ । सो मध्ये महिला तर्फ २५ सय अमेरिकी डलर र पुरुष तर्फ २५ सय अमेरिकी डलर रहेको छ । प्रतियोगिताको छनोट हरेक दिन पहिलो, दोस्रो, तेस्रो र चौथो हुनेको रेकर्ड राख्ने र समग्रमा रेस डयुरेसन को समय जोडि फाइनल बिजेता घोषणा गरिने बताईएको छ ।
हिमाली भेगमा साइक्ष्टिहरुबीच साईकल प्रतिस्पर्धा गराएर नेपालको पर्यटन प्रबद्धधन गर्न यस्तो प्रतियोगिता गरिएको ब्यबस्थापक अजय पण्डित क्षेत्रीले बताए । सोमबारबाट सुरु भएको उक्त “याक अटयाक” साईकल दौड प्रतियोगिता टोली गत सोमबार मनाङको तालमा बसी आज मंगलबार उपल्लो मनाङमा बस्ने छन ।
त्यस्तै बुधबार थ्रोङ्फेदी, बिहीबार मुस्ताङको कागबेनीमा बसी शुक्रबार जोमसोम हदैँ कालापानी तर्फको यात्रा रहने टोलीले बताएको छ । प्रतियोगीहरु नेपाल लगाएत बेलायत, अष्ट्रेलिय, अमेरिका र फ्रान्स लगायतका देशका रहेका छन ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो