काठमाडौं । सुविन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित फिल्म ‘समर लभ’ आगामी २५ माघ (भ्यालेनटाइम डे)बाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले फिल्मको फस्टलुक सहित प्रदर्शन मिति सार्वजनिक गरेको हो ।
सार्वजनिक फष्टलुकमा फिल्मका मुख्य कलाकार सुरज सिंह ठकुरी, नम्रता सापकोटा, आशिष पिया र रेवती क्षेत्री अटाएका छन् । फिल्मबाट आशिष र रेवतीले डेब्यु गर्दैछन् । आशिष मोडलिङबाट अभिनयमा भित्रिएका हुन्, भने रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता हुन् ।

रेवतीले यसअघि ‘ग्याङग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता फिल्ममा काम गरिसकेकी छिन् । फिल्मको निर्देशन मुस्कान ढकालले गरेका छन् । उनले यसअघि ‘नाइँ नभन्नू ल’ सिरिजको तेस्रो भाग निर्देशन गरेका थिए । फ्लोरमा गएको लगभग एक वर्षपछि फिल्म हलमा आउन लागेको हो ।
निर्देशक ढकालले विदेशको सुटिङ र फिल्ममाथिको अपेक्षालाई पूरा गर्ने गरी तयार गरिरहँदा समय लागेको बताए । सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुबिन र सामीप्य मिलेर लेखेका छन् ।

नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् ।
सम्बन्धित खबर
चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो