तनहुँको भिमादबाट चितवन जाँदै गरको बस घाँसीकुवामा दुर्घटना हुँदा ३७ जना घाइते

तनहुँको भिमादबाट चितवन जाँदै गरको बस घाँसीकुवामा दुर्घटना हुँदा ३७ जना घाइते

Ghasikuwa acc1

तनहुँ । तनहुँको भिमादबाट चितवन तर्फ जाँदै गरको ग १ ख ५८४७ नम्बरकाे बस अनियन्त्रित भई दुर्घटना हुँदा ३७ यात्रु घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं १२ घाँसीकुवा स्थित बस अनियन्त्रित भएर दुर्घटना हुँदा राजमार्गबाट ३० मिटर तल खोचमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरी र स्थानीय मिलेर घाइतेहरुको उद्धार गरेका थिए । घाइतेहरुको तनहुँ स्थित दमौली अस्पताल, रत्नहरी अस्पताल र व्याससिटी अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ९ जना दमौली अस्पताल, ६ जना व्यास अस्पताल र १७ जनाको रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

पाँच गम्भीर घाइतेलार्इ उपचारका लागि पोखरा स्थित मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । बस चालक भने फरार छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ