धादिङको मालिङ्गामा बस दुर्घटनाः बस चालकको मृत्यु, ३१ जना घाइते

धादिङको मालिङ्गामा बस दुर्घटनाः बस चालकको मृत्यु, ३१ जना घाइते

accident

धादिङ । पृथ्वीराजमार्गको बेनिघाट रोराङ गाउँपालिका–३ मालिङ्गामा आज दिउँसो दुई वटा सवारी साधन एकापसमा ठक्करखाँदा एकजनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् ।

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको बा७ख ५२८१ नं को यात्रुबाहक बस र काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको बा१प ९७७ नंको पर्यटक बस एकापसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

मृत्यु हुनेमा चितवन जिल्ला पिप्ले निवासी ४० वर्षीय ईश्वर भण्डारी रहेका छन् । उनी ना७ख ५२८१ नंको बस चालक रहेको प्रहरीले जानकारी दिएको छ । घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको हो ।

घाइतेहरुमध्ये १८ जनाको राजमार्ग सामुदायिक अस्पताल मलेखुमा र १३ जनाको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटनापछि केहीबेर राजमार्ग अवरुद्ध भएकामा प्रहरीले दुर्घटनाग्रस्त गाडी पाखा लगाएर राजमार्ग सञ्चालनमा ल्याएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds