कार, २ माेटरसाइकल र स्कुटर एक अापसमा ठक्कर, दाजुभाइ नै गम्भीर घाईते

कार, २ माेटरसाइकल र स्कुटर एक अापसमा ठक्कर, दाजुभाइ नै गम्भीर घाईते

accident-

पोखरा । पाेखरा विन्ध्यवासिनीदेखि जिराे किमी सडकखण्डमा फेरि दुर्घटना भएकाे छ । बागलुङ बसपार्कमा शुक्रबार राति डरलाग्दो दुर्घटना भएको छ । शुक्रबार राति बसपार्क नजिकै भएको दुर्घटना भएकाे हाे । ४ जना घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ ।

शुक्रबार राती ७ बजेतिर बा १२ च ४६४६ नम्बरको कारले ग २ प ८९८८ र ग ५ प ५४५७ नम्बरको दुईवटा मोटरसाईकल र ग १२ प ८४१० नम्बरको सकुटरलाई ठक्कर दिएको हो ।

ठक्करबाट ओखलढुंगा लिखु ३ नरबदेश्वर बस्ने २७ बर्षका नवीन कार्की र उनका भाइ २० बर्षका मदन कार्की गम्भीर घाईते भएका छन् । उनीहरु दुवैजनाको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

दुवैजना हालसम्म बेहोस रहेको प्रहरीले जनाएको छ । नवीनको भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ भने भाइ मदनको भेन्टिलेटर बाहिर उपचार भैरहेको छ । दुवैजनाको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ ।

यस्तै, स्कुटर चालक पोखरा १ बागबजारकी २१ बर्षिया सोनी श्रेष्ठ घाईते छिन् । उनको फिस्टेलमा उपचार भैरहेको छ । कारमा सवार बर्ष २० की मञ्जु मगर सामान्य घाईते भएकोमा उपचारपछि घर फर्किएकी छिन् ।

कार चालक पोखरा ३३ का ३० बर्षिय महेश्वर अर्याल प्रहरी नियन्त्रणमा छन् भने ग ५ प ५४५७ नम्बरको मोटरसाईकल चालक फरार भएका छन् । – डिएनएनेपालबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ