विराटनगर महानगरपालिका वडा नम्बर ३ मा ४ अर्वको लागतमा ‘भ्यूटावर’ बनाइने भएको छ । टावरको उचाई १ सय १० मिटर हुनेछ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, प्रदेश १ का कार्यबाहक मूख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यूटावरको सामुहिक रुपमा शिलान्यास गरिसकेका छन् ।
यस्तो बन्नेछ ‘बिराट भ्यू टावर’
https://www.facebook.com/lalbabu.pandit.official/videos/1198429590315083/
भ्यु टावर निर्माणका लागि संघीय सरकार,प्रदेश सरकार,विराटनगर महानगरपालिका,मोरङ व्यापार संघ, उद्योग संगठन, उद्योग वाणिज्य महासंघ प्रदेश १, नागरिक समाज र सर्वसाधारणको बास्केट फण्ड वनाएर निर्माण अगाडि वढाईने बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले बताए ।
१ विघा ७ कठ्ठा क्षेत्रफलमा एकसय १० मिटर अग्लो भ्यूटावर निर्माण हुने विराटनगर महानगरपालिकाले जनाएको छ । तर शिलान्यास भईसकेको टावरको अहिलेसम्म डिपिआर भने तयार भईसकेको छैन । डिपिआरको लागि बजेट समेत छुट्टिसकेको छ ।
टावरमा राजबंशी समुदायको संग्रहालय, विजनेश कम्प्लेक्स, रिक्रेशन सेन्टर, डिपार्टमेन्ट स्टल, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र रहने छ । शिलान्यास भएको भ्यु टावर आगामी चार बर्ष भित्रमा निर्माण सम्पन्न हुने मेयर पराजुलीले आश्वासन दिए ।




सम्बन्धित खबर
अज्ञात समूहद्वारा गोली हानी एक युवकको हत्या
चोर भनेर प्रतिकार गर्दा छोराको मृत्यु, बाबुआमा घाइते
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत्
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
पशुपतिमा भक्तजनको मोबाइल चोर्ने गोरखाका २ जना १० थान मोबाइलसहित पक्राउ
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम