पोखरा, २३ कार्तिक । पोखराको बिग एफएमले दोस्रो ठूलो चाड तिहारको अवसरमा बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ यस वर्ष पनि सफलतापूर्वक सम्पन्न गरेको छ ।
कात्तिक २० गते कुकुर तिहारदेखि सुरु भएको रेडियो गेम शो आज २२ गते गोबद्र्धन पुजासम्म चल्यो । तीन दिनसम्म सहभागिता जनाएका दर्जन बढीले ५६ हजार बढी जिते ।
गेम शोमा अन्तिम दिन मुग्लिनका थमन थापा एक्लैले अधिकतम २० हजार जिते । झलक खत्रीले २ हजार, नन्द बहादुर गुरुङले १ हजार र रोशनी गुरुङले ५ सय जिते । दोस्रो दिन सिता गुरुङले १२ हजार, रमिला भुषालले १० हजार, शान्ति गौतमले ५ हजार र गोरखा मनकामनाका बिबेश थापा मगरले ५ सय जितेका थिए ।
पहिलो दिन सुनिता भुषालले ३ हजार र हिमलाल सुवेदीले २ हजार जितेका थिए । राजेश खड्का ५० रुपैंया र प्रतिमा सारु मगरले ५ रुपैंयामा चित्त बुझाउनु पर्यो । हरेक दिन साँझ ७ बजेदेखी ९ बजेसम्म गेम शो सञ्चालन भएको कार्यक्रम सञ्चालक कमल थापाले बताए ।
एकजनाले अधिकतम २० हजार रुपैँया सम्म जित्न सक्नेथिए । यस बर्ष पोखरा सस्तो बजार, पृथ्वीचोकले सहकार्य गरेको हो । पृथ्वीचोक स्थित पोखरा सस्तोबजारमा तिहारको अवसरमा पाँच सय भन्दा बढीको सामानको खरिदमा उपहार कुपन प्राप्त गर्न सकिनेछ । सञ्चालकका अनुसार सीमित सटर बुकिङ पनि खुल्ला गरिएको छ । पोखरा सस्तोबजारमा नुनदेखि सुनसम्मका सामानहरु सुपथ मूल्यमा पाउन सकिन्छ ।
तिहारलाई स्रोताहरुसंगै मनाउने र मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्दै आएको छ । यसअघि, बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो