लक्ष्मीपूजाको अवसरमा फिल्म ‘लक्ष्मी रानी’ निर्माण घोषणा भएको छ । बुधबार राजधानीमा एक गीत रेकर्ड गर्दै फिल्मको शुभ मुहूर्त गरिएको हो । महिलाप्रधान कथामा आधारित यस फिल्मबाट अभिनेत्री समेत रहेकी शुभेच्छा थापा निर्देशकको रुपमा डेब्यु गर्दैछिन् । कलाकारको रूपमा शुभेच्छा लिड फिमेल भूमिकामा छिन् भने पटकथा लेखन पनि उनैको रहेको जानकारी दिइएको छ ।
लामो समयदेखि पत्रकारितामा सक्रिय विनोद त्रिपाठी ‘लक्ष्मी रानी’बाटै नेपाली फिल्म उद्योगमा निर्माताको रुपमा प्रवेश गर्दैछन् । यस फिल्ममा उनको समेत विशेष भूमिका हुनेछ । विगतमा कान्तिपुर दैनिकसँग आबद्ध उनी हाल सौर्य दैनिकका सम्पादकसमेत हुन् । माओवादी द्वन्द्वकालमा चर्चित पत्रकार त्रिपाठी राजनीतिक रिपोर्टिङमा दखल राख्छन् । फिल्मी क्षेत्रमा उनको यो पहिलो पाइला हो ।

निर्माता त्रिपाठीले ‘लक्ष्मी रानी’ नेपाली फिल्ममा कोशेढुंगा बन्ने दाबी गरे । हाम्रो सामाजिक परिवेशमा एकथरि महिलाको संघर्षमा आधारित चलचित्र भएको उनले जानकारी दिए । चलचित्रले गहन बिषयबस्तु पस्किने भएकोले सबै दर्शकको रोजाई बन्ने उनको विश्वास छ ।

निर्देशक थापाकाअनुसार फिल्मले आधुनिक र ग्रामीण दुई आयामका महिलाको संघर्ष र प्रवृत्तिको कथा भन्छ । उक्त फिल्मको टिजर पोस्टरमा सहरिया युवतीले बेद र ग्रामीण युवतीलाई अंग्रेजी पुस्तक समातेको चित्रण छ । फिल्ममा शुभेच्छा र विनोदसहित भोजपुरी फिल्मका सुपरस्टार परदेशी शाह, जयकिसन बस्नेत, मिथिला शर्मा, श्याम राई र पल्पसा डंगोलको समेत मुख्य भूमिका हुनेछ ।
आगामी वर्ष २०७६ को लक्ष्मीपूजालाई रिलिज डेट तोकिएको छ । बुधबार बबुल गिरीद्वारा संगीतबद्ध देउसी गीत रेकर्ड गरियो । जसमा ध्रुव अधिकारी र संगीता तिमल्सिनाले स्वर दिएका छन् । शब्द शंकर अधिकारी घायलको हो । संगीतकार गिरीले तिहारसम्बद्ध गीत समेटिएको बताए । दिव्य सुवेदीको छायांकन रहेको फिल्म पुसदेखि फ्लोरमा जानेछ । सुदुरपश्चिमको दार्चुलामा छायांकन गरिने फिल्मको बजेट ७० लाख आँकलन गरिएको चलचित्र युनिटले जानकारी दिएको छ ।
सम्बन्धित खबर
चलचित्र ‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश
गीतकार डा. शिव सुवेदी भन्दै आए ‘फेरियौ मायालु’ [भिडियो]
नयाँ धुन र शब्दको संगम: मनमाया सार्वजनिक [भिडियो]
सन्दीप लामिछानेको नयाँ गीत ‘आउ फर्केर’ सार्वजनिक [भिडियो]
‘बुकी फुलेछ’ को फिमेल भर्सन बजारमा [भिडियो]
इन्द्रधारा बिष्टको ‘आमा तिम्रो’ सार्वजनिक [भिडियो]
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो