काठमाण्डौ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन अर्थात् भाइटीका । परम्पराअनुसार भाइटीकाको दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्ने गरिन्छ ।
तिहारको भाइटीकाको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बहिनीहरूसँग भाइटीका लगाए । अन्य मन्त्रीहरु पनि कोहि गृहजिल्ला पुगेर त कोहि मन्त्री निवासमै भाइटीका लगाए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको यस वर्षको तिहारमा पनि निधार खाली नै रह्यो । एकमात्र दिदी भारतको सीतामढी मझौलियामा छिन् । ७५ वर्षीया दिदी नेवरत बाहेक अरु दिदी बहिनी छैनन् । सर्लाही, बसबरिया गाउँपालिका (साविक धनगढा) मा जन्मिएका पण्डितका परिवारमा दाजुभाइ र एक दिदी हुन् । दाइ रामचन्द्र पण्डित वीरगञ्जमै बस्छन् । मोरङ बिराटनगरमा हुँदा पण्डितले दिदीको अनुपस्थितिमा पनि नजिकका दिदीबहिनी, कार्यकर्ताहरुसँग लगाउने गरेका थिए । उनले टीका नलगाएको ६-७ वर्ष भयो
मन्त्री पण्डितले निवासमै पत्नी बिमलाको भाइटीका कार्यक्रम हेरेर रमाए । यस वर्ष तिहारमा देउसीभैलो टोलीसँग पनि उत्तिकै रमाए । निवास परिसरमा १५ बढी टोली देउसी खेल्न आएको उनले सुनाए । ‘तिहारमा देउसी खेलेको हेर्न मन पर्छ । टीका पनि नलगाउने त हैन, लगाउने पनि गरेको छु । विराटनगरतिर भईनँ ।’ मन्त्री पण्डितले भने– ‘यसपाली घरमै टीका कार्यक्रम हेरेर रमाएँ । सिस्नोपानी देउसीभैलो हेरेँ ।’

मन्त्रीपत्नी बिमला महत पण्डित भाइ रञ्जनलाई भाइटीका लगाउँदै

मन्त्रीपत्नी बिमला महत पण्डित भाइ रञ्जनलाई भाइटीका लगाउँदै


दुई तस्विरमा केहि महिना अघि भारत स्थित घरमा बिरामी परेकी दिदी भेट्दै मन्त्री पण्डित
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो