श्रीयाका हत्यारा समात्ने ‘कुशल’ वर्ष उत्कृष्ट कुकुर (फोटो फिचर)

श्रीयाका हत्यारा समात्ने ‘कुशल’ वर्ष उत्कृष्ट कुकुर (फोटो फिचर)

dog-worship-tihar-police-

अहिलेको २१ औँ शताव्दीको तीब्र विकासको समयमा पनि विश्वभरका प्रहरीका लागि कुकुर गतिलो साथी बनिरहेको छ । उच्च घ्राणशक्ति भएको कुकुरले इमानपूर्वक अनुसन्धानमा साथ दिने भएकाले नेपाल प्रहरीले वर्षभरीका उत्कृष्ट कुकुरलाई पुरस्कृतसमेत गरेको छ ।

नेपालीको प्रमुख चाड तिहारको दोस्रो दिन प्रहरीले देशभरका कार्यालयमा रहेका कुकरलाई विशेष पूजा गर्नुका साथै तालिमप्राप्त कुकुरको विशेष कला प्रदर्शनी पनि गरियो । अपराध अनुसन्धानका क्रममा प्रमुख सहयोगी मानिएको कुकुलाई प्रहरी प्रधान कार्यालय अन्तरगतको महाराजगञ्जस्थित कुकुर तालिम केन्द्रसहित देशभरका कार्यालयमा  पूजा गरिएको छ । प्रहरी महानिरीक्षक  खनालको उपस्थितिमा महाराजगञ्जस्थित केन्द्रीय कुकुर तालिम स्कुलमा तालिमप्राप्त कुकुरको विशेष पूजासहित कुकुरबाट विभिन्न स्टन्टसहितका कला प्रदर्शनी पनि गराइयो ।

त्यसक्रममा यस वर्षको उत्कृष्ट कुकुरमा ४ नम्बर प्रदेश प्रहरी कार्यालय, कुकुर शाखा पोखरामा सेवारत जर्मन शेफर्ड जातको ‘कुशल’ लार्इ घोषित गरियो । त्यसक्रममा उक्त कुकुरलार्इ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मेडलसमेत लगाइदिए ।

प्रदेश नं. ४ प्रहरी कार्यालयमा सेवारत कुशलले पोखरामा बलात्कारपछि हत्या गरिएकी बालिका श्रीया विकका अभियुक्तलाई पक्राउ गर्न महत्त्पूर्ण भूमिका खेलेको थियो ।

श्रीयाको हत्यापछि कुकुर लिएर जिल्ला प्रहरी कार्यालय कास्कीको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेको कुकुरले त्यहाँ रहेका कपडा र अन्य प्रमाणलाई सुँघेर घटनामा संलग्न अभियुक्त रहेको स्थान र दिशाबारे संकेत गरेको थियो । उसको त्यही संकेत बुझेर गाउँमा पसेका प्रहरीले कुकुरकै सहयोगमा कुशुमलाई गिरफ्तार गरे । उनले पक्राउ परेलगत्तै घटनामा आफ्नो संलग्नता स्वीकारे ।

प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति स्थापना, अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथामको साथै विशिष्ट व्यक्तिको गतिविधिमा कुकुरले दिएको सेवाको चर्चा गरेका थिए । उक्त अवसरमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले स्कुलको गतिविधिसम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ