मन्त्री पण्डितले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको स्पष्ट

मन्त्री पण्डितले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको स्पष्ट

Lalbabu-Pandit

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कानूनी हैसियतभन्दा बढी सवारी साधन प्रयोग नगरेको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्री पण्डितले अनावश्यक धेरै गाडी प्रयोग गरेको भनेर केही सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले विज्ञप्ति जारी गर्दै मन्त्रीले मन्त्रालयले उपलब्ध गराएको भन्दा बढी गाडी प्रयोग नगरेको प्रष्ट पारेका छन् ।

विज्ञप्तिमा मन्त्रीले प्रयोग गर्नुभएका दुईवटा झण्डासहितका गाडीमध्ये आवश्यकताअनुसार एउटा गाडी मन्त्री निवासमा पार्किङ गरिएको हुन्छ र अर्को गाडी प्रयोग गर्ने गरेको उल्लेख छ ।

मन्त्रीको निजी सचिवालयका उपसचिव र स्वकीय सचिवले मन्त्रालयले उपलब्ध गराएको एक-एक वटा गाडी प्रयोग गरेको उल्लेख गदै ती चारवटा गाडीमध्ये अरु गाडी प्रयोग नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गाडीलगायत अन्य स्रोत सामग्रीको प्रयोगसमेत अन्यन्तै मितव्ययी र पारदर्शी हिसाबले प्रयोग गरिएको र कुनै पनि अवैधानिक व्यक्तिबाट सरकारी स्रोतसाधनको प्रयोग नगएको तथा कुनै आयोजनामा सवारी साधन पार्टीका गतिविधिमा प्रयोग नगरिएको बताएको छ ।

पहिलो पटक मन्त्री हुँदा मुलुकमा विनाशकारी भुकम्प गएको बेला मन्त्री पण्डितले नयाँ गाडी किन्ने प्रस्ताव आफै अस्विकार गरेका थिए । मन्त्री पत्नी विमला महत पनि आवश्यक बाहेक अरुबेला गाडी प्रयोग गर्दिनन् । परिवारमा पढ्ने छोरी बाहेक अरु नभएकाले पनि परिवारका लागि सवारी थुपार्नुपर्ने जरुरत नै नरहेको महत बताउँछिन् । ‘नचाहिने हल्लाखल्ला बढी नै भएको छ । कम्तिमा समाचार भनेर लेख्नु अघि मन्त्रालय, मन्त्री क्वार्टरसम्म आएर हेरिदिए हुने ।’- महत सुनाउँछिन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds