चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले जित्यो पीपीएल उपाधि

चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले जित्यो पीपीएल उपाधि

pokhara paltan

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा रंगशालामा भएको फाइनलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो ।

चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो । पोखराका लागि रवि इन्दर सिंह र मोहम्मद नाभिदले विष्फोटक ब्याटिङ गरे । रविले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाए । त्यस्तै, मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए ।

पोखराका कप्तान शरद भेषावकरले २२ रन बनाए । आशिफ शेख १२ रन बनाउन सफल भए । बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिए । त्यस्तै, पारस, सन्नी पटेल र करण केसीले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ९ छक्का प्रहार गर्दै ५१ रन बनाएका थिए ।

पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” पोखरा रंगशालामा जारी पोखरा प्रिमियर लिग हेर्दै ।

त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । आरिफ शेख १४ रनमा अविजित रहे । ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भएका थिए । चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले इनिङ्स सम्हालेका थिए ।

पहिलो विकेटको रुपमा ९ रन हुँदा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुँदा दोस्रो विकेटको रुपमा पारसलाई गुमाएको थियो । त्यस्तै, १ सय ३५ रन हुदा चितवनले तेस्रो विकेटको रुपमा अनिललाई गुमाएको थियो ।

पोखराका लागि कृष्ण कार्कीले २ तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १/१ विकेट लिए । पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ । ९० रन बनाएका पोखराका रवि इन्दर सिंह म्यान अफ दि म्याच भए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ