पोखरामा गुन्जियो युवा लक्षित “सफलताका आवाजहरु”

पोखरामा गुन्जियो युवा लक्षित “सफलताका आवाजहरु”

Safaltaka Aawajharu

किरण श्रेष्ठ, पोखरा । नेपाल युवा परिषद गण्डकी प्रदेश कास्की शाखाको आयोजना शुक्रबार युवा लक्षित उत्प्रेरणात्मक कार्यक्रम “सफलताका आवाजहरु” पोखरामा सम्पन्न भएको छ । नेपाल युवा परिषद गण्डकी प्रदेशकी संयोजक मोनिका रानाभाटको अध्यक्षता भएको कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्रि नरदेवी पुन रहेकी थिइन ।

सो अवसरमा बोल्दै मन्त्रि पुनले धेरै नेपालि युवा विदेश जान बाध्य छन् यसको मुख्य कारण हाम्रा नेपाली युवाले देशमै कुनै सम्भावना देखिराखेका छैनन तर त्यो सम्भावना छ भनेर देखाउने जिम्मा सरकारको हो । युवाहरु लाई उत्पादनमा जोड्ने हो भने युवा लाई आवश्यकता अनुसार सीपयुक्त तालिम दिनुपर्छ उनले भनिन ।

सुखी नेपाली र समृद्द नेपालको कल्पना गर्ने हो भने युवा लाई उद्द्मी बनाउन सरकारले सहयोग गर्नुपर्दछ । यसपटकको बजेट र कार्यक्रममा युवामा लागि राख्न नसकिएको कुरा आगामी वर्षमा राख्ने उनले बताइन ।

जिवनलाई एक सार्थक र जिवनउपयोगी बनाउनको लागि विभिन्न क्षेत्रमा सक्रिय रहि समाज रुपान्तरणमा अग्रिणी भुमिका निर्वाह गरेका व्यक्तिहरुको उपस्थिितिमा कार्यक्रमको आयोजना गरिएको थियो । जीवनको गन्तव्यमा रुमलियका युवाहरुलाई सहि मार्गनिर्देश गर्न र जीवनमा सफल बन्न उत्प्रेरणा दिने उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा वक्ताहरुले जीवनमा कसरि सफल हुन सकिन्छ भन्ने बारेमा जोड दिएका थिए । जुनसुकै कुरा आफै बाट सुरुवात गर्नुपर्ने र निरन्तर लागिरहनुपर्ने बताए । कार्यकमका युवा वक्ता अब्दुस मियाले आफु कसरि सफल भए यति सानै उमेरमा भनेर आफ्नो कथा सुनाउदा कार्यक्रममा उपस्थित सम्पुर्ण युवा दङ्ग परेका थिए ।
उनले सानै उमेर देखि मित्रता र सम्बन्ध वितार गर्दै गएकोले अहिले उक्त स्थानमा पुगेको बताए । “आफु लाई मन परेको काम लाई निरन्तरता दिनुपर्छ,पक्कै जीवनमा सफल भइन्छ” मियाले बताए । उनले आफुले एउटा पुस्तक लेख्दै गरेको समेत कार्यक्रम बताए ।

त्यस्तै कार्यक्रममै वक्तामा रुपमा आएकी रक्षा नेपालकी सस्थापक तथा अध्यक्ष मेनुका थापाले आफु जन्मनु अघि आफ्नी आमा लाई आफ्नै परिवारमा दिईएको दुख र पिडा त्यस्तै आफ्नो बबुको मृत्यु पछि आफु आमाको कोखमा रहदा आफन्तले आमाको पेटमै मार्न खोजेको कुरा सुनाउदा युवाको स्वाश दक्क फुलेको थियो ।

त्यस्तो पिडा बाट आफु जन्मेकोले अहिले आफु पिडित महिलाहरु लाई लागिरहेको उनले बताइन । “आफ्नो लागी केही गर, समाजको लागी केही गर, यो समय तिम्रो हो, अरूको भर नपर” युवा शक्ति लाई उत्प्रेरणा यहि हो थापाले भनिन ।

त्यसैगरी राजन कोइरालाले भने “आजको दिनसम्म पनि मेरो जीवनको संघर्ष जारी छ, म कुनै सफल व्यक्तित्व होइन । जीवनको उतारचढाबमा कथा-व्यथा भने अनगिन्ती छन् ।” उनले आफुले अमेरिकामा बस्दा गरेको दुख, आफ्ना जिन्दगिमा संघर्ष बारे बताएका थिए । जीवनका भोगाइ बारे पोखरामा युवाहरु संग उनले बताएका थिए ।

कार्यक्रममा अर्का वक्ता रन्जित आचार्यले आफ्ना अनुभव उपस्थित संग साटेका थिए । लक्ष्य सानो होइन ठुलै लिनुपर्छ अनि पो धेरै ठुला काम गर्न सकिन्छ सानो काम त चाडै नै सकिने अनि आनन्द संग बस्ने हुने हुदा लक्ष्य ठुलै लिनुपर्ने उनको भनाई थियो ।
पागल भयौ कि क्या हो ? कार्यक्रममा उनको शिर्षक रहेको थियो । ठुला काम गर्ने सपना देख्नुपर्ने र त्यो काम गर्न पागल हुनुपर्ने उनले बताए । उनले १ वर्षमा १५ हजार जनालाई यस्तै उत्प्रेणात्म तालिम दिएको बताए । आफ्नो कामको योजना सुनेपछि अरुले पागल भैस कि क्या हो भन्ने उत्तर आएमा आफु सफल भएको ठान्नुपर्ने उनले बताए ।

निगम हुमागाईले युवा आफै अगाडी बढ्नुपर्छ । नेता बन्ने होइन असर नेता हामिले बनाउने हो । युवाहरु राजनीतिमा लगेर असर र समृद्द देश बनाउनु पर्छ ।

जिवनको विभिन्न आरोह अवरोहहरु पार गर्ने क्रममा विभिन्न समय परिस्थितिसँग पौठाजोरी खेल्दै बिद्यार्थी जिवनदेखि नै आफ्नो सघर्षमय जिवनलाई अगाडी लाने क्रममा सम्पूर्ण व्यक्तिहरुले आफ्नो जिवनमा सकारात्मक समय र उर्जावान समयको अपेक्षा गरेका हुन्छन् तर त्यस्तो जीवन प्राप्त गर्न सकिरहेको हुदैन र प्राप्त गर्न कठिन भईरहेको अवस्थामा सम्रग गण्डकी प्रदेशका युवाहरुलाई लक्षित गर्दै सफलताका आवाजहरु उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरिएको आयोजकले बताए ।

उक्त कार्यक्रम लाइ लायन्स क्लब अफ पोखरा सेन्ट्रल स्टेट र मेरिट पोखराले सहकार्य गरेको थियो । साथै पोखरा स्काई स्पोर्टसको मुख्य प्रायोजन र सहयोगी संस्थाहरुमा दरबाथोक एडभटाइजिङ्ग एजेन्सी, ईहाईओय एजुकेसन नेटर्वक, एमके विल्र्डस र जक्सन डटकम रहेका थिए ।

फोटो : जक्सन डटकम

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ