अर्घाखाँची – स्थानीय प्रशासनको अनुमति बिना अर्घाखाँचीको शितगंगा नगरपालिकामा प्रवेश गरी उच्छृङ्खल गतिविधि गर्ने झण्डै ४० जना विदेशीलाई प्रहरीले फिर्ता पठाउने प्रयास गरिरहेको छ ।
शितगंगा नगरपालिकाको वडा नम्बर–६, बुंची खोलाको दोभानमा स्थानीय प्रशासनको अनुमति बिना प्रवेश गरी टेन्ट टागेर नाङ्गै विभिन्न उच्छ्रृखल गतिविधि गरेपछि उनीहरुलाई त्यस क्षेत्रबाट फिर्ता पठाउन प्रहरी लागि परेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनुभयो ।
विदेशी ४० जनाको टोलीले नग्न अवस्थामा खोलामा नुहाउने, माटो दल्ने, तस्बिर खिच्ने जस्ता गतिविधि गर्ने र बिना सूचना र अनुमति टेन्ट नै टाँगेर बसेपछि उनीहरुलाई फिर्ता पठाउन गए रातिदेखि नै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका निमित्त प्रहरी प्रमुख खिमबहादुर घमले जानकारी दिनुभयो ।
‘महिला र पुरुषहरु नाङ्गै बस्ने, नुहाउने, माटो दल्ने, योगा गर्ने जस्ता गतिविधि भैरहेका छन्’, घमले भन्नुभयो । विदेशी नागरिक ल्याउने नेपाली दुईजनालाई प्रहरीले गएराति नै पक्राउ गरी सकेको छ । अर्का एक जनालाइ पनि पक्राउ गर्न प्रहरी परिचालन भएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो