मुस्ताङ,१६ कार्तिक ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङले बिहिबार साँझ जुवाको खालबाट १० जना पक्राउ गरेको छ। प्रहरीले शुक्रबार साँझ घरपझोङ गाउपालिका ३ एक्लेभट्टीमा छापा मारेको जनाएको छ ।
करिव ८ बजेको समयमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । सूचना अधिकारी प्रहरी निरिक्षक राजेन्द्रप्रसाद रेग्मीका अनुसार जुवाको खालबाट ३९ हजार ९ सय ३५ रुपैया बरामत भएको छ ।
उनले जुवाको खालबाट घरपझोङ गाउँपालिका ३,५ र ८ वडामा बस्ने टेकबहादुर गुरुङ,बहादुर तामाङ,श्याम थकाली,बिक्रम गुरुङ,बीरप्रसाद थकाली,मेयरबहादुर थकाली,थमबहादुर गुरुङ,मीमबहादुर थकाली,देबेन्द्र कार्की र कृष्णप्रसाद थकालीलाई पक्राउगरी कारवाही प्रक्रिया अघि बढाएको जानकारी दिए ।
दशै तिहार जस्ता बिशेष चाडपर्वमा जुवातास खेल्ने गतिविधि बढ्न सक्ने भएकाले यसप्रकारका सामाजिक बिकृति रोक्न प्रहरीले अप्रशेन चलाउने सूचना अधिकारी रेग्मीले बताए ।उनले जुवाको खालमा पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालयमा म्याद थपगरी मूद्धा अघि बढाएको जानकारी दिए ।
मुलुकी अपराध संहिता ऐन २०७४ अन्तर्गत जुवा खेल्नेलाई सजाय हुने बताए ।सहिता अनुसार जुवातास खेल्नेलाई ३ महिना कैद वा ३० हजार रुपैया जरिवाना हुने कानुनले व्यवस्था गरेको छ ।
सम्बन्धित खबर
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
मुस्ताङमा ९ महिनामा झण्डै ४ लाख पर्यटक भित्रिए
मुस्ताङमा लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु
मुस्ताङका पत्रकार सुन्दरकुमार थकाली सम्मानित
दुई महिनापछि खुले मुस्ताङका विद्यालय, शैक्षिक सत्र सच्याउन माग
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता