पोखरा नयाँबजारबाट ११ जुवाडे ६ लाख सहित पक्राउ

पोखरा नयाँबजारबाट ११ जुवाडे ६ लाख सहित पक्राउ

juwade

File Photo

पोखरा नयाँबजार स्थित एक घरमा तास खेलिरहेका झण्डै दर्जन व्यक्ति पक्राउ परेका छन् । उनीहरुको साथबाट करीब ६ लाख रुपैंया समेत बरामद गरिएको छ ।

शुक्रबार जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको टोलीले तास खेलिरहेका अवस्थामा ११ जनालाई पक्राउ गरेको हो । जगत बहादुर श्रेष्ठको घरमा तास खेलिरहँदा उनीहरु प्रहरी फन्दामा परे । पक्राउ पर्नेहरु भारतीय नागरिक हुन् । प्रहरी टोलीले ५ लाख ९७ हजार तीन सय ६० रुपैंया सहित उनीहरुलाई पक्रेको हो ।

पक्राउ पर्नेहरुमा शिव नाथ, अवोध किशोकर, ध्रुब कुमार, रञ्भुप्रसाद, धवेन्द्र प्रसाद, सुनिल जैसवाल, लवकुश, राजुप्रसाद, अम्रेन्द्र कुमार, पप्पु जैशवाल र रामप्रसाद जैशवाल रहेका छन् ।

उनीहरुलाई कानुनानुसार कारबाही गरिने वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए । चाडपर्वका छेकोमा प्रहरीले यस्ता चेकजाँचलाई कडाई गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ