कमला राना, नवलपुर । नेपाल शिक्षक महासंघले शिक्षक सस्था र सरकारविच गरीएका विगतका सम्झौता कार्यान्वयन नगरेको भन्दै कावासोति नगरपालिका सहित आज देशव्यापि स्थानिय तहमा विरोध तथा धर्ना कार्यक्रम गरिएको छ ।
महासंघले निवृत शिक्षक र सबै स्थायी शिक्षकको निवृतिभरण, उपदान र औषधोपचार खर्च सघिय सरकारले गर्नुपर्ने, विद्यालय कर्मचारीको तहगत दरबन्दी सिर्जना गरी सोही अनुसार पारीश्रमीक निर्धारण गर्नुपर्ने, राहत शिक्षकलाइ स्थायी दरबन्दी रुपान्तर गर्नुपर्ने लगाएत २६ बुदे माग राखेको छ ।
यसैगरी, मध्यबिन्दु नगरापलीकामा पनि नेपाल शिक्षक महासंघ जिल्ला कार्यसमितिद्धारा धर्ना तथा विरोध कार्यक्रम गरिएको छ । कार्यक्रममा आफ्नो मागहरु प्रस्तुत गर्दै शिक्षक महासंघका केन्द्रिय सदस्य नारायण प्रसाद अर्यालले बिगत देखी नै शिक्षक पेशाको अधिकारको सुनिश्चितता गर्न र समग्रमा शिक्षण पेशाको स्तोरउन्नतीका लागि निरन्तर सोर्हादपुर्ण रुपमा आफ्ना मागहरु राखीएको तर बेवास्ता गरिएकाले बिरोध तथा धर्ना कार्यक्रम गर्नुपरेको बताए ।
कार्यक्रमको सर्मथनमा नै रहनुभएका नेपाल शिक्षक महासंघका केन्द्रय उपाध्यक्ष बिक्रम झाले आँफूहरुले अहिलेसम्म साङ्केतिक रुपमा आन्दोलन गरिरहेको भन्दै माग पुरा नगरे सबै विद्यालय बन्द गरि कडा भन्दा कडा आन्दोलनका कायृक्रमहरु घोषण गर्ने चेताबनि समेत दिए ।
यसैगरी, २६ बुँदे माग प्रत्र बुझ्दै मध्यबन्दिु नगरका प्रमुख चन्द्रबाहादुर रानाले शिक्षा सेवामा उठाइएका मागहरु पुरा गर्नका लागि आफ्नो स्थानिय तह सदैब सहयोग गर्न तयार रहेको बताए ।
सो अबसरमा मध्यबन्दिु नगरपालीकाका ४७ बटा सामुदायिक बिद्यालयका शिक्षकहरको सहभागिता रहेको थियो । कार्यक्म शिक्षक महासंघ जिल्ला कार्यसमिति नबलपुरकी सदस्य रश्मी देबकोटाको अध्यक्षता एब नेपल शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष बिक्म झा को प्रमुख आत्थ्यितामा सम्पन्न भएको हो ।
यसैविच महासंघले यही असोज २१ गते देखि मंगसिर २१ गते सम्म आन्दोलका कार्यक्रमहरु घोषणा गरेको छ ।
सम्बन्धित खबर
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
छात्रलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
सामूहिक प्याज खेतीमा जुट्दै किसान
पत्रकार महासङ्घ नवलपुरको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित
लाइसेन्समा दायाँबायाँ सुन्न नपरोस् : यातायात मन्त्री केसी
कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री केसी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो