सल्यानको सिमखर्कमा गत असोज २५ गते आफ्नै घरको कोठामा मृत फेला परेकी केवली नेपालीलाइ सोहि ठाउँ निवासि राजु भनेर चिनीने बिर बहादुर वस्नेतले हत्या गरेको खुल्न आएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानले विहिबार पत्रकार सम्मेलन र प्रेश विज्ञप्ती मार्फत यस्तो जानकारि गराएको हो । असोज २२ गते भारत बाट भखरै आएकी शारदा नगरपालिका वडा नम्बर ८ सिमखर्क बस्ने ५० वर्षिय केवली नेपाली आफ्नै घरको कोठामा मृत अबस्थामा फेला परेकी थिइन् ।
उनी भर्खरै भारतबाट आएकाले सोहि ठाउँ बस्ने १९ वर्षिय बिर बहादुर बस्नेतलाइ केवली संग भारतमा कमाएको पैसा छ भन्ने आशंकामा पैसा चोर्ने योजना बनाई राति केवलीको घरमा पुगेका थिए । त्यही पैसा चोर्ने विषयबाट शुरु भएको घटना यौन सम्बन्ध देखि हत्या सम्म भएको खुल्न आएको छ ।
असोज २४ गते रातिको घटना भएपनि २५ गते बिहान ८ बजे प्रहरीलाई खबर पुगेपछि जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक बिरेन्द्र बहादुर शाहीको टोली पुगर कुकुर सहितको टोलीले अनुसन्धान अगाडी बढाएको थियो ।
टोली घटनास्थलमा खटी घटनास्थल सुक्ष्म रुपले अनुसन्धान गरी मृतक लाशको प्रकृति हेर्दा कसैले मारेको जस्तो देखिएकाले संकास्पद देखिएका ब्यक्तिहरु सँग सोधपुछ तथा कुकुर सहितको अनुसन्धान टोलीले अनुसन्धान गर्दै जादा छिमेकी बर्ष १९ का बच्चु भन्ने राजु भनेर चिनीने बिर बहादुर बस्नेतलाई भोलीपल्ट २६ गते प्रक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बिरेन्द्र बहादुर शाहीले बताउनु भयो । प्रहरी समक्ष हत्या आरोपी बिर बहादुरले डोरिले घाँटी कसी धारिलो चक्कुले घाँटी रेटेर हत्या गरेको स्वीकार गरेका छन् ।
‘उनको छोरा आएर मलाइ कुट्छ भनेर हत्या गरेँ’
पैसा चोर्न केवलीको घरमा पुगेका बिर बहादुरले एक हातले चक्कु र अर्काे हातले केवलीको घाँटी समातेर पैसा देउ भनी आग्रह गरेका थिए । केवलीले म संग पैसा छैन छिमेकी राम बहादुर ओलीको घरमा राख्न दिएकी छु भनिन् । बिर बहादुरले प्रहरी संगको बयानमा अगाडी भने, ‘त्यसपछि उनले मेरो हातको चक्कु खोसेर आफ्नो विस्तारामुनि राखिन् । यस्तो किन गर्छस् भोलि दिउला तलाइ पैसा भनेर सम्झाइन् ।’ केवलीले बिर बहादुरलाइ आज यतै सुत समेत भनिन् । ज्यान जोगाउनका लागी उनले अनेक उपाय खोजिन् । घाट मुनी रहेको रक्सी समेत पैसा चोर्न आएको बिर बहादुरलाइ खुवाइन् । र आफुले पनि संगै खाइन् ।
ज्यान लिन आँटेको बिर बहादुरसंग केवलीले दुई पटक यौन सम्पर्क समेत गर्नुपर्याे । ‘त्यसपछि खाट मुनिबाट निकालेको आधा बोतल रक्सी खाएर हामी संगै सुत्यौँ,’ बिर बहादुरले भने । सुतेको बेला राती कोठामा रहेको खोपाबाट ढुंगा खसेर भुइमा रहेको टिनमा लागेको र उक्त ढुंगा केवलीले ब्लायंकेट मुनी राखेर विस्तारामा पल्टेको प्रहरीसंगको बयानमा हत्या आरोपी बिर बहादुरले बताएका छन् ।
केवलीको छोरा कमाइका लागी भारतमा रहेकाले यो कुरा छोरालाइ केवलीले भनेमा उसले आफुलाइ कुटपीट गर्छ भन्ने सोँची हत्या गरेको उनले बयान दिएका छन् । बिर बहादुरले बयानमा भनेका छन्, ‘केवली नेपालीलाई भित्तामा झुण्ड्याएको कालो डोरीको टुक्रा काटी सोही डोरीले घाँटीमा केही बेर अड्याई राखे पछी उनी भुईमा उत्तानो परिन । घ्याक घ्याक गर्दै थिईन । मैले चक्कुले एकपटक घाँटी रेटी मारेको हुं ।’
घटना पश्चात डीएसपी शाहीको कमाण्डमा प्रहरी टोलिले घटनास्थलमा खटेर शुक्ष्म रुपले अनुसन्धान अघी बढाएको थियो । कुकुर सहितको अनुसन्धान टोलिको सहयोगमा राजु भनेर चिनीने बिर बहादुरले हत्या गरेको खुल्न आएको शाहीले जानकारि गराएका छन् ।
सरिता चलाउने,नेपाल समाचारपत्र
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
आज पनि तोलामा २६ सयले घट्यो नेपाली बजारमा सुन
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम