जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक सूचना जारी गर्दै राति १० बजेपछि देउसी भैलो नखेल्न अनुरोध गरेको छ ।
कार्यालयले पर्वलाई मर्यादित, अनुशासित र हर्षोल्लासका साथ मनाउन पनि आह्वान गरेको छ । प्रशासनले तिहार र छठमा कुनै पनि आतिसबाजी, पटका, भूइँचम्पा लगायतको विस्फोटक पदार्थ उत्पादन, भण्डारण, बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
राति १० बजे पश्चात देउसीभैलो खेलेको भेटिए पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाइने बताइएको छ । विष्फोटक पदार्थ (पटाका) पड्काइएको पाइएमा पनि पक्राउ गरी कारवाही गरिने भएको छ ।

त्यसैगरी, चाडबाडको बेला लोकमार्गका लाइन होटेलबाहेक अन्य होटेल र मनोरञ्जन व्यवसायसमेत राति १० बजे बन्द गर्न आह्वान गरेको छ । सार्वजनिक सूचनामा जुवा, तास, कौडा, सट्टेबाजी, खडखडेलगायत जुवाजन्य खेल नखेल्न र नखेलाउन, मदिरा र मदिराजन्य बस्तुको बिक्री वितरण राति ९ बजेसम्म मात्र नियमानुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्न अनुरोध गरिएको छ ।
स्वीकृति बिना चिठ्ठा, उपहारलगायत कार्यक्रम सञ्चालन नगर्न, मेला÷महोत्सव, प्रदर्शनी आयोजना पूर्व स्वीकृति लिई तोकिएका सर्त पालना गरी मात्रै सञ्चालन गर्न, होटल, किराना पसललगायतका व्यापारिक प्रतिष्ठानले अनिवार्य रुपमा मूल्य सूची राख्न आग्रह गरेको छ । नेपालीको दोस्रो ठूलोचार्ड तिहार यही कात्तिक १९ गतेदेखि शुरु हुँदैछ ।
प्रहरीले चाडपर्वको समयमा घरमा चोरी, लुटपाट हुनेहुदाँ सर्वसाधरणलाई चनाखो हुनुपर्ने उल्लेख गर्दै घरमा धेरै रकम र गहाना नराख्न आग्रह गरेको छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो