स्कुटर लिएर हिँडेका पोखरा दीपका अमृत बास्तोला भलाम कालिखोलामा मृत भेटिए

स्कुटर लिएर हिँडेका पोखरा दीपका अमृत बास्तोला भलाम कालिखोलामा मृत भेटिए

kalikhola

बुधबारदेखि बेपत्ता पोखरा १६ दीपका अमृत बास्तोला कालिखोलामा मृत भेटिएका छन् ।

विहीबार पोखरा २० भलाम स्थित झोलुङगे पुल तल कालीखोलाको छेउमा उत्तानो अबस्थामा शव भेटिएको जानकारी आएपछि पुगेको प्रहरी टोलीले अमृतको पहिचान गरेको हो ।

२२ वर्षीय बास्तोला बुधबार ग १० प ८५४३ न को स्कुटि सहित घरबाट निस्केको उनका दाजुलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।

बागलुङः शव फेला

मिति २०७५।०७।१५ गते अन्दाजी ०९ः२० बजेको समयमा जिल्ला बागलुङ निसिखोला गाँउपालिका २ सिमलचौर बस्ने वर्ष ४० को बालकृष्ण सापकोटा आफ्नै घर भन्द अन्दाजी ५०० मिटर दक्षीणमा रहेको कलनेटी भिरमा बाटो भन्दा अन्दाजि २०० मिटर तल मृत अबस्थामा रहेको स्थानिय घाँस काट्न भनि गएका ब्यक्तिहरुले देखि जानाकरी गराउदा साथ तत्कालै प्रहरी टोलि खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तनहुँः सवारी दुर्घटना

मिति २०७५।०७।१५ गते तनहुँको शुक्लागण्डकी नगरपालिका ३ कपासे स्थित भित्र सडक खण्डमा दुलेगौडाबाट ब्यगम तर्फ जाँदै गरेको ग २ च ४०३४ नं. को जिपमा सवार सोहि ठाउँ स्थित रातेमाटे बस्ने वर्ष १६ कि दिपिका बस्नेत जिपको पछाडिबाट खस्दा घाईते भई उपचरको लागि बि.पि.कोईराला श्वासप्रश्वास केन्द्र बेलचौतारामा पठाईएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई जिप र चालकलाई निन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

मनाङः सवारी दुर्घटना

मिति २०७५।०७।१५ गते मनाङको नासो गाउपालिका १ सिरानताल स्थित मनाङ(बेशिसहर कच्ची सडकखण्डमा मर्स्याङ्दी नदीबाट बालुवा लिई म्यार्दी भिरतर्फ आउदै गरेको ना ७ त ११५४ नं. को ट्याक्टर अचानक अनियन्त्रित भई सडक देखी अन्दाजी १०० मिटर तल मर्स्याङ्दी नदीको किनारामा खस्दा ट्याक्टर चालक चितवनको भरतपुर७ कृष्णपुर बस्ने वर्ष अन्दाजी ४५र४६ को सोम बहादुर तामाङ घाईते भई तत्काल सामुदायिक अस्पताल बेशिसहर लमजुङ पठाएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई थप अनुसन्धान गरिरहेका प्रहरीले जनाएको छ ।

तनहुँ: सवारी दुर्घटना

मिति २०७५/०७/१५ गते तँनहुको म्याग्दे गाँउपालिका वडा नं. ३ घुम्तेमा दमौलिबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ८२०८ नं को टेलर र विपरीत दिशा बाट जाँदै गरेको बा ५ ख ४७६ नं को टिपर एक आपसमा ठक्कर खाँदा टीपर चालक (हालसम्म नामथर वतन नखुलेको) घाईते भई उपचारको लागि सेतिगंगा हस्पिटल बेलचौतारा पठाईएको छ, त्यस्तै घाईते भएका टेलर चालकको स्थानिय मेडीकलमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई दुवै सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ