तनहुँ । सरकारले ओझेलमा परेका एक सय वटा नयाँ पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सयवटा पर्यटकीय गन्तब्यहरु छनोट गरेको हो ।
तनहुँको कुन-कुन स्थान परे ?
तनहुँ जिल्लाको स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमा पहाडकी रानी बन्दीपुर परेको छ । त्यस्तै नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सदरमुकाम दमौली बजार नजिक व्यास नगरपालिका वडा नम्बर ४ मा रहेको तनहुँ कालिका शहिद तथा शान्ति पार्क र भिमादमा रहेको सिद्धगुफा परेका छन् ।
समुन्द्र सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको बन्दीपुरमा हावा पानी र वातावरण स्वच्छ, मनोरम दृश्य, अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरिलगायतका हिमशृङ्खला देखिने भएकाले आन्तरिक एवम् बाह्य पर्यटकका लागि गन्तव्यस्थलका रुपमा विकास भएको हो ।
कोलाहल, धुवाँधुलोबाट केही टाढा घुम्न जाने सोच बनाएकाहरुलाई अहिले बन्दीपुर उत्कृष्ट गन्तव्यस्थल बन्दै गएको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ बताउछन ।
भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ ।
बन्दीपुर आउने पर्यटक यहाँको हावापानी, संस्कृति, रीतिरिवाज देखेर एकदमै आकर्षित हुने गरेका छन् । दुई÷तीन दिन मात्रै बस्ने गरेर आएका पर्यटक यहाँ आइसकेपछि थप केही दिन नबसी नफर्कने होटल व्यवसायीको भनाइ छ । जाडो मौसम सुरु भएसँगै बन्दीपुर घुम्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि हुने गरेको छ ।
सदरमुकाम दमौलीदेखि १८ किलोमिटरको दुरीमा रहेको डुम्रे हुँदै त्यहाँदेखि आठ किलोमिटर उकालो यात्रा तय गरेपछि बन्दीपुर पुगिन्छ । नेपालीको मनमा लोकप्रिय गन्तव्यका रूपमा बन्दीपुर सूचीकृत भइसकेको छ । त्यसैले त ‘पहाडकी रानी’ उपमा पाएको बन्दीपुरमा विदेशीभन्दा नेपालीको बढी भीड लाग्छ ।
दमौली बजारस्थित पूर्व र उत्तरमा व्यासमार्ग, पश्चिममा मादी नदी र दक्षिणमा दमौली बजारभित्र पर्ने बागभञ्ज्याङ सामुदायिक वनको करीब आठ हेक्टर क्षेत्रफलभित्र तनहुँ कालिका शहीद शान्ति पार्क पर्दछ । दमौली बजारबाट एक किलोमिटर दूरीमा पर्ने यस पार्कलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित विभिन्न संरचना निर्माण गरिएको छ ।
तनहुँ कालिका शहिद तथा शान्ति पार्क जाने बाटो
यस ठाउँबाट दमौली बजारलगायत आसपासका बस्ती, काहुँडाँडा, मानहुँडाँडा, तनहुँसुर, मिर्लुङकोट,गलेखामकोट लगायतका पर्यटकीयस्थल अवलोकन गर्न सकिन्छ । हाल मन्दिरको निर्माणको काम भइरहेको छ ।
यी गन्तब्य नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकारबाट सिफारिस गरिएकाहरु हुन् । नयाँ पर्यटकीय गन्तव्यका लागि ६ सयभन्दा बढी स्थानहरु प्रस्तावित थिए । त्यसमध्ये कुन गन्तब्यलाई सयवटा भित्र समेटेर प्रवर्द्धन गर्ने भन्नेबारे मन्त्रालयले विभिन्न आधार तय गरेको थियो ।
मन्त्रालयकाका अनुसार नयाँ छनोट भएका भएका पर्यटकीय गन्तब्यहरु निजी क्षेत्र, स्थानीय सरकार र स्थानीय बासिन्दाको पनि सहयोग लिएर घुम्नयोग्य बनाइनेछन् । सम्भावना भएर पनि ओझेलमा परेका यस्ता गन्तब्यलाई अब विशेष रुपमा विकास, प्रचार, प्रसार र संरक्षण गरिनेछ ।
‘नेपाल भ्रमण वर्ष’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई प्राप्त गर्ने गरी नयाँ गन्तब्यको प्रवर्द्धन योजना बनाइएको छ ।यी पर्यटकीय गन्तब्यको विकासमा सरकारले यसै वर्षबाट बजेट खर्च गर्न सुरुआत गर्नेछ । नयाँ गन्तब्य प्रवर्द्धन गर्न सरकारले ५० करोड रुपैयाँ छुट्याएको थियो ।
पुरातात्विक सम्पदा, ठूला तालतलैया वा पोखरी, सम्भावित भए पनि चर्चा नपाएका, भौतिक पूर्वाधार र सेवासुविधाको अभावले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुलाई नयाँ पर्यटकीय स्थलका रुपमा विकास गर्ने गरी छनोट गरिएको हो ।
कुन जिल्लामा कुन नयाँ गन्तब्य ?
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”17264″ /]
सम्बन्धित खबर
पोखरामा भोलिदेखि इभी एक्स्चेञ्ज एन्ड टेस्ट ड्राइभ कार्निभल, ५ वटा ब्राण्ड एकै ठाउँ
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य १२ सयले बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
घट्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी