तनहुँमा प्रहरीको “प्रहरी-विद्यालय सम्पर्क” कार्यक्रममा डिस्ट्रिक्ट इभेन्ट अर्गनाइजरको साथ

तनहुँमा प्रहरीको “प्रहरी-विद्यालय सम्पर्क” कार्यक्रममा डिस्ट्रिक्ट इभेन्ट अर्गनाइजरको साथ

pd1

तनहुँ । बढ्दो महिला हिंसा, बलात्कार, हत्या जस्ता घटना न्यूनिकरणका लागि जिल्ला प्रहरी कार्यालय तनहुँले ‘प्रहरी-विद्यालय सम्पर्क’ कार्यक्रम सञ्चालन गरेको छ ।
महिला हिंसा, बलात्कार र हत्या, वालविवाह जस्ता घटना दिनानुदिन बढिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय तनहुँ र डिस्ट्रिक्ट इभेन्ट अर्गनाइजरले बुधबार दमौली उच्च माविका कक्षा ११ र १२ का विद्यार्थी बीच सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा यौन दुर्व्यबहार, महिला हिंसा, लागु औषध, शान्ति सुरक्षा, साइबर क्राईम, कानूनी प्रावधान, सजाय व्यवस्था, लगायतका विषयमा छात्र/छात्रालाई जानकारी गराइएको थियो ।

प्रहरी निरीक्षक कृष्ण बस्यालले हिंसालाई गुपचुप राख्दा अपराधिक मानसिकता भएका व्यक्तिको मनोबल झनै बढ्ने बताइन ।
महिला हिंसा बिरुद्धको सचेतनामुलक अभियान अन्य विद्यालयमा पनि पुर्‍याइने अर्गनाइजरका अध्यक्ष एलोज श्रेष्ठले जानकारी गराएका छन् । कार्यक्रममा विद्यार्थी,क्लबका सदस्य, बिद्यालयका शिक्षक, शिक्षिका र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ