अब पोखरामा वडाबाटै कर संकलन

अब पोखरामा वडाबाटै कर संकलन

Pokhara

पोखरा १४,कात्तिक -पोखरा महानगरपालिकाले करव्यवस्था सम्बन्धि नयाँ कार्यविधि पारित गरेसँगै वडा कार्यालयबाट पनि कर संकलन सुरु गरेको छ ।

महानगरका राजश्व शाखा प्रमुख छवि शर्माले ५, ६, ७, ८, १०, १३, १५, १७ र साविक लेखनाथमा पर्ने २७, २९, ३०, ३१ वडाहरुबाट कर संकलनको काम सुरु भएको जनाए । वडाबाट कर तथा भूमि व्यवस्थापन कर, घरजग्गाको राजश्व लगायत सबै कर तिर्न सकिने छ ।

बाँकी रहेका वडाहरु १,२,३,४, ११ र १६ बाट पनि बुधबारदेखि नै कर संकलनको काम संचालनमा आउने जनाइएको छ ।

एकिकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश जारी गरेसँगै महानगरले कर तथा भूमि व्यवस्थापन शीर्षकमा कर संकलन गर्न थालेको हो ।

वडाबाट कर संकलनको काम थालनी भएसँगै नागरिकलाई घरपायक पर्ने वडाबाट कर तिर्न सहज हुने महानगरको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ