पाेखरामा सडक बत्ती बाले बापतको २ करोड महसुल उठ्न बाँकी

पाेखरामा सडक बत्ती बाले बापतको २ करोड महसुल उठ्न बाँकी

solar-street-light-pokhara

नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४/७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम रु एक करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी देखिएको छ ।

सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भए पनि हालसम्म प्राप्त भइनसकेको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले जानकारी दिए ।

उनका अनुसार केन्द्रबाट उक्त आर्थिक वर्षमा सडक बत्तीबाहेक ९९.२४ प्रतिशत महसुल उठाइसकिएको छ । केन्द्रले सो अवधिमा विद्युत् बिक्रीबाट रु एक अर्ब ५० करोड ६४ लाख सात हजार ८९६ सङ्कलन गरेको केन्द्रका लेखा अधिकृत जयराम आचार्यले जानकारी दिए।

आर्थिक वर्ष २०७५/७६ शुरु भएयता केन्द्रमा विद्युत् महसुलवापत असोजसम्म रु ४३ करोड ३६ लाख पाँच हजार ९३५ सङ्कलन भएको बताउँदै उनले यो रकम कूल उठ्न बाँकीमध्ये ९७.७१ प्रतिशत भएको जानकारी दिए ।

केन्द्रले आफ्नो सेवा क्षेत्रभित्र विद्युत् वितरणलाई प्रभावकारी बनाउन निरन्तर क्रियाशील बनेको बताउँदै केन्द्र प्रमुख शाहले यस बीचमा कम क्षमता भएका तार फेर्ने, फिडर थप गर्नेजस्ता कामलाई अघि बढाइएको जानकारी दिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds