मनाङको चामेमा आखाँ शिविर: १९ जनाको निशुल्क मोतिबिन्दुको अप्रेसन

मनाङको चामेमा आखाँ शिविर: १९ जनाको निशुल्क मोतिबिन्दुको अप्रेसन

eye camp1

नेगम परियार, मनाङ । मनाङको चामेमा गत शुक्रबार र शनिबार आखाँ शिविर सम्पन्न भएको छ । तिलगंगा आखाँ प्रतिष्ठान केन्द्र काठमाडौ तिलगंगा आखाँ अस्पताल चामे मनाङ र जिल्ला स्वास्थ्य कार्यालय मनाङको आयोजनामा उक्त आखाँ शिविर सम्पन्न भएको हो ।

शुक्रबार र शनिबार मनाङको सदरमुकाम चामे स्थित सामुदायिक आखाँ केन्द्र मनाङको भवनमा शिविर गरिएको सामुदायिक आखाँ केन्द्र मनाङका नेत्र सहायक रितु श्रेष्ठले बताईन । उक्त दुई दिने आखाँ शिविरमा १५५ जना आखाँका बिरामीहरुले आखाँको चेकजाच गरेका थियो ।
जस मध्ये ६३ जना पुरुष र ९२ जना महिला आखाँका बिरामी रहेका थिए । शिविरको पहिलो दिन शुक्रबार ९२ जनाले आखाँको चेकजाच गरेका थिए भने दोस्रो दिन ६३ जनाले आखाँको चेकजाच गरेका थिए । शिविरमा १९ जनाको आखाँको मोतिबिन्दुको अप्रेशन गरिएको थियो । जसमा १३ जना पुरुष र ६ जना महिला रहेको नेत्र सहायक रितु श्रेष्ठले बताईन ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds