तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले बिक्री विरतणको लागि ठुलो परिमाणमा विष्फोटक पदार्थ मगाउने महिला पक्राउलाई पक्राउ गरेको छ । तनहुँ प्रहरीले आबुँखेरेनी गाँउपालिका-२ बिचबजार वस्ने वर्ष ४२ की चिज कुमारी रिजाललाई पक्राउ गरेको हो ।
असोज २९ गते तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ३ स्थित आँबुखैरेनी बजारमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा मुग्लिङ बाट आँबुखैरेनी तर्फआउँदै गरेको डिएल ४ सियस ३२२५ नं.को भारतीय नं. प्लेट भएको कारमा सुमित कुमार सिंहले ल्याउदै गरेको अवैध आतिसबाजी पटकाहरु प्रहरीले बरामद गरेको थियो ।
उक्त पटकासहित पक्राउ परेका सिंहलाई अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान जारी रहेको अवस्थामा उक्त अवैध आतिसवाजी पटकाहरु मगाउने चिज कुमारी रिजाललाई शुक्रबार पक्राउ गरिएको तनहुँका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
नजिकिदै गरेको दिपावली पर्वलाई लक्षित गरी बिक्री वितरण गर्ने उद्देश्यले भारतको रक्सौलबाट भारतिय रुपैया १० हजार बराबरको अवैध आतिसवाजी पटकाहरु मगाएको भन्ने अनुसन्धानबाट खुल्न आएपछि रिजाललाई सम्बन्धित घर ठेगानाबाट पक्राउ गरी विष्फोटक पदार्थ ऐन अर्न्तर्गत मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको तनहुँ प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते