नेगम परियार, मनाङ । हिमाल पारीको जिल्ला मनाङमा समता स्कुल सञ्चालनमा आएको छ । मनाङ जिल्लाको चामे गाउँपालिका वडा नं ३ स्थित चामेमा सबैको लागी शिक्षा भन्ने मुल मत्रका साथ मनाङमा पनि समता फाउन्डेसनले समता स्कुल स्थापना गरि सञ्चालनमा ल्याएको हो ।

गत बैशाख १ गतेबाट समता स्कुल सञ्चालन गरिएको उक्त स्कुलका प्रधानाध्यापक धनमान बि.कले बताए । हाल उक्त स्कुलमा प्ले ग्र्रूप बाट नर्सरी सम्मको पढाई गरिएको र आगामी दिनहरुमा यसलाई बढाउने यस स्कुल सञ्चालन समितीले बताएको बि.कले जानाकारी दिए ।
हाल मनाङको सदरमुकाम चामेमा ४ वटा कोठा भाडामा लिई २ जना शिक्षक र एक सहायक शिक्षक सहित समता स्कुल सञ्चालन गरिएको छ । उक्त स्कुलले हाल सहयोग स्वरुप १५० रुपैयाँ भर्ना फि र मासिक १०० रुपैयाँ लिने गरि सञ्चालन गरेको छ । सो स्कुलमा हाल ८ जना बिद्यार्थी संख्या रहेको छ ।
बिद्यार्थी र अभिभावकको आकर्षण भएकोले बिस्तारै बिद्यार्थी संख्या बढने बिद्यालयका प्र.अ धनमान बि.कले बताए । बिशेष गरि गरिबीका कारण पढन नपाएका बिद्यार्थीहरुको लागी नेपालको ७७ वटै जिल्लाहरुमा समता फाउन्डेसनले सञ्चालनमा ल्याएको हो ।
मासिक १०० रुपैयाँमा बोर्डिङ स्कुलको तुलनामा अग्रेजी पढाई गरिने गरि यस समता स्कुल स्थापना गरिएको र उच्च शिक्षामा पनि १०० रुपैयाँमा नै पढन सकिने व्यवस्थ रहेको समता फाउन्डेसनका संस्थापक उत्तम संजेलले बताए । हाल सम्म नेपालभर करिब पचास हजार बिद्यार्थीहरुले अध्ययन गरिरहेका फाउन्डेसनका संस्थापक उत्तम संजेलले बताए ।

यस समता फाउन्डेसनद्धारा सञ्चालित समता स्कुल सञ्चालनमा कलाकार हरिबशं आर्चाय र मदन कृष्ण श्रेष्ठको महत्वपुर्ण साथ र सहयोग रहेको कारण पनि यस समता स्कुल सञ्चालनमा सहयोग रहेको संजेलले बताए ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो