‘बुलबुल’ को गीत नाच्दै रिलिज गरिने, पाँच शहरबाट एकसाथ

‘बुलबुल’ को गीत नाच्दै रिलिज गरिने, पाँच शहरबाट एकसाथ

Bul Bul

अभिनेत्री स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा देखिएको चलचित्र ‘बुलबुल’ टीमले  गीत रिलिज गर्न फरक शैली अपनाउने भएको छ ।

चलचित्रको पहिलो गीत रिलिज गर्न निर्माण टीमले ‘फ्ल्यास मोब’ शैली अपनाउने भएको हो । यो शैलीमा भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्न थाल्छन् । पाँच शहरमा एकसाथ चलचित्रको गीत रिलिज हुने भएको छ ।

लोकलयको ‘खुद्राखुद्री’ बोलको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौँ मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरिन लागेको हो ।

१५ गते दिनको ३ बजे एकै समयमा बजारमा छरिएर रहेको डान्सरले अचानक गीतमा नृत्य गर्ने कार्यक्रम रहेको निर्माता अविरल थापाले जनाएका छन् । निर्माण टिमले जानकारी गराए अनुसार चलचित्रको गीत काठमाडौँ बाहिर स्वयंसेवी डान्सरले नृत्य गरे पनि काठमाडौँको काठमाडौँ मल अगाडि भने चलचित्रकी नायिका स्वस्तिमा खड्का र नायक मुकुन भुसालले पनि अरूसँगै नाच्नेछन् । बजारमा नाचेसँगै युट्युब र मिडियामार्फत एकै समय संसारभर गीत सार्वजनिक हुनेछ । उक्कासी नाच्न थालेको देखेपछि त्यहाँ हरेकाहरु अचम्मति बन्नेछन् । यो शैली सम्भवत चलचित्रको गीत सार्वजनिक गर्ने सवालमा नेपालमै नौलो प्रयोग भएको निर्माणपक्षको बुझाई छ ।

भक्तपुरको हेलमेट डाँडामा पच्चिस वटा टेम्पो र १०० जनाको कोरससहित ४ दिन लगाएर खिचिएको गीतमा १८ लाख भएको निर्माण टिमको दाबी छ । गीतको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन । उनले भिन्न कन्सेप्टमा खिचिएको गीत आफूले पछिल्लो समय खिचेका गीतमा उल्लेख्य रहेको बताएका थिए । ‘खुद्राखाद्री’ बोलको गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।

गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसालको नृत्य गरेका छन् । चलचित्रक निर्देशक विनोद पौडेलले ‘बुलबुल’ले स्वस्तिमा खड्काको अभिनयले धेरैलाई चकित तुल्याउने दाबी गर्दै आएका छन् भने स्वस्तिमा स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा हुने अभिव्यक्ति दिँदै अएकी छिन् । चलचित्रमा स्वस्तिमा खडकाका अलावा मुकुन भुसाल, बुद्धि तामाङ, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराई लगायतको अभिनय रहेको छ । फिल्म फागुन ३ मा रिलिज हुँदैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ