बेगनास र रुपा तालबाट बिजुली निकाल्ने योजना, यस विधिबाट निकाल्न सकिन्छ

बेगनास र रुपा तालबाट बिजुली निकाल्ने योजना, यस विधिबाट निकाल्न सकिन्छ

begnas-lake

काठमाडौं – बेगनास र रुपातालमा पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेगनास र रुपा तालबाट पनि विद्युत उत्पादन गर्ने योजना सार्वजनिक गरेका हुन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खाना पकाउने ग्याँसलाई विस्थापित हुनेगरी प्राधिकरणले विभिन्न तालहरुबाट पनि विद्युत उत्पादन गर्ने योजना अघि सारेको स्पष्ट पारे ।

पम्प स्टोरेज विधिबाट दुवै तालमा विद्युत उत्पादन गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले विद्युत प्रशारण लाइनलाई स्मार्ट बनाउने योजनालाई पनि उच्च प्राथमिकता दिइएको पनि जानकारी दिए ।

प्राधिकरणले पाँच वर्ष भित्र विद्युतबाटै खाना पकाउन आवश्यक व्यवस्था गर्ने लक्ष्य पनि लिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालमा विद्युतलाई भरपर्दो उर्जा शक्तिको रुपमा विकास गर्न कुनै कठिनाई नरहेको पनि बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ