श्यामशितल परियार,लमजुङ । सुन्दरबजार नगररपालिका–९, भोटेओडारकी लक्ष्मी जोशीको आँगनी डीलमा ढकमक्क सयपत्री फूल फुलेका छन् । बारीमा ढकमक्क फुलेका फूललाई उनले बडो जतनका साथ जोगाईराखेकी छिन ।

‘तिहार नजिकिदैँ छ । दाजुभाईलाई टिका लगाईदिँदा फूलको माला पनि चाहिन्छ । त्यसैले फुलेका फूललाई बडो जतन गरी जोगाईराखेको छु,’ उनले भनिन । जोशीका दुई दाजु छन ।

उनले वर्षेनी तिहारमा आफ्नै घर–आँगन, बारी, कान्लामा फुलेका फूलको माला दाजुहरुलाई लगाईदिदैँ आएकी छिन् । उनले अहिलेसम्म बजारमा पाईने कृत्रिम माला किनेकी छैनन । तिहारमा फूल पनि किनकी छैनन । उनको घरमात्र होईन तनहुँको भानु नगरपालिका–९, कालीमाटी बान्द्रेमा रहेको माईतीघरमा पनि ढकमक्क फूल फुलेका छन् ।

‘घरमा फुलेको फूलका साथै माईतीमा नि फुलेको फूल टिपी, माला गाँसेर यसपालीको तिहारमा दाजुहरुलाई लगाईदिनेछु,’ उनले आफ्नो चाहना सुनाइन ।
घरमै फुलेको, आफैँले टिपी, गाँसेको फूलको माला लगाईदिनुको मज्जा बेग्लै
विशेषगरी : गाउँघरमा अहिले प्राय: सबैको घर–आँगन, डील, बारी, कान्लामा ढकमक्क विभिन्न प्रजातिका फूल फुलेका छन् । आँगनी डिलमा फुलेका सयपत्री, मखमली, गुर्दौली फूलले भाटेओडार बालुनेकी शकुन्तला घिमिरेलाई लोभ्याएको छ । ढकमक्क फूलले उनलाई तिहार आएझैँ आभाष भएको छ ।

घरमै फुलेका फूलको मालाले यसपाली तिहारमा आफ्ना ३ दाजुहरुको ‘गला’ सजाईदिने उनको योजना छ । उनको माईती लमजुङकै फूलबारीमा रहेको छ । उनले पनि अहिलेसम्म तिहारमा बजारमा पाईने माला किनेकी छैनन ।

तिहारको बेला आफ्नै घरमा फुलेको, आफ्नै हातले टिपेर, गाँसेर बनाएको माला दाजुभाईलाई लगाईदिँदाको खुशी छुट्टै हुने उनि बताउछिन ।
‘मैले अहिलेम्म बजारमा पाईने माला, फूल किनेकै छैन, तिहारमा । घरमै लगाउन, हुर्काउन सकिन्छ, फूल । आफ्नो घरमा फुलेको, आफ्नै हातले टिपी, गाँसेको माला दाजुभाईलाई लगाईदिँदा प्रेम झल्कन्छ । सद्भाव हुन्छ । त्यसरी आफ्ना दाजुभाईलाई फुलको माला, सप्तरंगी टिका लगाईदिँदाको खुशी नै बेग्लै हुन्छ । महत्व नै छुट्टै हुन्छ,’ उनले मुस्कुराउँदै भनिन । उनका ३ दाजुहरु छन् ।
आयतित वस्तुको प्रयोग बढ्दो
यसवर्ष तिहार पर्व केही ढिला भएकाले बोटमै फूल सुक्ला कि, बोट भाचिएँला कि ! भन्ने चिन्ताले घर–आँगन, बारी, कान्लामा फूल हुर्काएकाहरुलाई सताएको छ । उनीहरुले ढकमक्क फुलेका फूलको बोटलाई ‘टेको’ लगाएर राखेका छन् ।

पछिल्लो समय तिहारमा घरमै फुलेको फूलको माला भन्दा पनि बजारमा पाईने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति सँस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् ।

उनीहरुको अनुसार आयतित फूल, माला, किन्नुभन्दा घर–आँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिक रुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने तर्क गर्छन् ।

‘हाम्रो मूल्य–मान्यता, सँस्कारमा फूलको ज्यादै महत्व छ । तिहारमा झनै यसको महत्व बेग्लै छ । त्यसैले आयतित फूल, माला किन्नुभन्दा घरमै फूल हुर्काउन सकिन्छ । पैसा पनि जोगिन्छ । मौलिक सँस्कार पनि कायम रहन्छ । बरु गाउँघरमै फूल खेती गरी मनग्य कमाउन सकिन्छ । यसप्रति सबैको ध्यान जानु जरुरी छ,’ सँस्कृतिप्रेमी लमजुङ सुन्दरबजार–६, का रामचन्द्र बुढाप्रिथीले बताए ।


सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो