पोखरा । मुस्ताङमा पछिल्लो समय निकै धेरै पर्यटक पुग्छन् । प्रचार–प्रसार, सहज यातायात, सुरक्षा व्यवस्था, प्राकृतिक सम्पदा संरक्षण र अन्य आवश्यक पूर्वाधार विकास गरिए विदेशी पर्यटक कुर्नुपर्दैन, आन्तरिक पर्यटकबाटै मनग्य आम्दानी गर्न सकिन्छ । यसको पछिल्लो उदाहरण बनेको छ हिमालपारिको जिल्ला मुस्ताङ ।
मुस्ताङले आन्तरिक पाहुनाबाटै राम्रो लाभ लिन थालेको छ। मंगलबार एकैदिन झन्डै चार हजार आन्तरिक पर्यटक जोमसोम पुगे । दसैंका बेला हिमाली जिल्ला मुस्ताङ घुम्न यति धेरै संख्यामा आन्तरिक पर्यटक मुस्ताङ पुगेका हुन् ।
बेनी–जोमसोम सडक खुलेर सवारीसाधन सञ्चालन सहज भएपछि हिमाली जिल्ला मुस्ताङ स्वदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । प्रहरीको तथ्यांकअनुसार मंगलबार ३ हजार ९ सय २ आन्तरिक पर्यटक मुस्ताङ पुगेको देखिन्छ ।
मुस्ताङस्थित ट्राफिक कार्यालयका सई डोलेन्द्र हमालका अनुसार दसैंपछिका दिनमा सबैभन्दा बढी मंगलबार ३ हजार ९ सय २ जना आन्तरिक पाहुना जोसमोम प्रवेश गरेका थिए । गत शनिबार १ हजार ५ सय ४२ आन्तरिक पर्यटक मुस्ताङ पुगेका थिए । आइतबार तीन हजार र सोमबार एक हजार ६ सय ४३ पर्यटक मुस्ताङ पुगेको तथ्यांक छ ।
हमालका अनुसार मंगलबार ३६ वटा बस, ३ सय ७० वटा जिप, ७ सय १५ मोटरसाइकल र २ वटा पर्यटक जिप (हरियो प्लेट) का गाडीमा ती पाहुना मुस्ताङ पुगेका थिए। त्यस्तै शनिबार १४ बस, १ सय २६ जिप, १ सय २५ मोटरसाइकल र ४२ वटा पर्यटक जिप मुस्ताङ भित्रिए ।
आइतबार २८ बस, २ सय १६ जिप, ३ सय ५० मोटरसाइकल र ५ वटा पर्यटक जिप तथा सोमबार १४ बस, एस सय ७ जिप, २ सय ७५ मोटरसाइकल र ८ वटा पर्यटक जिपमा पर्यटक त्यहाँ पुगेका थिए ।–नागरिक
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो