बस भन्दा प्लेन सस्तो ! बुद्ध र यतिमा काठमाण्डौ पोखरा पहिलो प्लाइट १५ सय मै

बस भन्दा प्लेन सस्तो ! बुद्ध र यतिमा काठमाण्डौ पोखरा पहिलो प्लाइट १५ सय मै

Plane

पोखरा । जहाजमा पोखरादेखि काठमाण्डौका लागि यात्रुको समस्या छैन । कहिले त टिकट नै पाइन्न । भाडादर पनि झण्डै ५ हजार छ । तर काठमाण्डौदेखि पोखरा भने पहिल्यैदेखि प्लेनमा सस्तो छ ।  यात्रु नपाएपछि पोखरा काठमाण्डौं रुटमा जहाजको भाडा ह्वात्तै घटेको छ । बुद्ध र यति एयरलाईन्सले यात्रु तान्न भाडादर नै घटाएका हुन् ।

काठमाण्डौबाट पोखराका लागि पहिलो फ्लाइटको भाडादर यतिको १४ सय ३० र बुद्धको १५ सय रुपैयाँ रहेको एयर लाइन्सका अनलाइनमा उल्लेख छ । यो दर पहिलो बाहेककोमा भने हैन । यसअघि, काठमाडौंबाट पोखराको एकतर्फि भाडादर ४२ सय रुपैयाँ छ ।

केही समयका लागि सस्तो भाडा दर तोकेको कम्पनीले जनाएको छ । इ – सेवाबाट टिकट काट्दा ४ प्रतिशत क्यासब्याक पाइने सेवा समेत छ । पोखराका लागि बुद्धको एयरको पहिलो फ्लाइट बिहान ७ः१५ बजे, यतिको ७ः०५ बजे रहेको छ ।

पोखराबाट काठमाडौ जान आउनका लागि सुविधा सम्पन्न बसको भाडा २ हजार रहेको छ । मागका आधारमा दर बढ्ने भएकाले माग बढेमा जहाजले भाडा बढाउने जनाएको छ

तस्विरः निश्चलराज जोजिजू

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds