तनहुँको दमौलीमा फेरि ग्याङ फाइट: एक घाईते, दुवै समूह सम्पर्कविहीन

तनहुँको दमौलीमा फेरि ग्याङ फाइट: एक घाईते, दुवै समूह सम्पर्कविहीन

gang fight dml

तनहुँ । तनहुँको दमौली बजारमा बुधबार साझ ग्याङ फाइट भएको छ । तनहुँको व्यास नगरपालिका वडा नं ३ स्थित लक्ष्मी बैक अगाडि दुई समुहबीच झडप भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उक्त घटनामा १ जना घाइते भएका छन् ।

उक्त घटनामा खुकुरी लागेर व्यास नगरपालिका वडा नं ५ पतेनीका २२ वर्षीय कमल कुमाल घाइते भएका छन । घाइते कुमालको टाउकोमा चोट लागेको छ । घाइते कुमालको दमौलि स्थित एपोलो अस्पतालमा उपचार पछि सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

झगडा कुन-कुन समुह बीच भएको भन्ने विवरण आइनसकेको तनहुँ प्रहरीले जानकारी दिएको छ । फाइट गर्ने दुई समूह नै फरार रहेका छन् । तनहुँ प्रहरीले फरार युवा समुहको खोजि कार्य तिव्र बनाएको छ ।

घटना साझ ७:३० बजे दमौलीको लक्ष्मी बैक अगाडि भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अन्य जिल्लाको तुलनामा तनहुँमा टोले समूहबीच धेरै नै ग्याङ फाइट भइरहेका छन् ।
फोटो : पत्रकार पवन पौडेलको फेसबुकबाट

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ