तिलिचो ताल घुम्न जाने क्रममा लेक लागेर युवा व्यवसायी अधिकारीको निधन

तिलिचो ताल घुम्न जाने क्रममा लेक लागेर युवा व्यवसायी अधिकारीको निधन

Saroj adhikari

पोखरा, ७ कात्तिक । चार दिन अघि मात्रै सपरिवार हाँसीखुशीका साथ दशैं टीका लगाएर फेसबुकमा तस्विर पोष्ट गरेका छन् युवा व्यवसायी सरोज अधिकारी । तर, आज उनी यो संसारमा छैनन् ।

दशैंको रमझम सकिएकै थिएन । दशैं नसकिँदै साथीभाइको मनाङको तिलिचोसम्म पुग्ने योजना बन्यो । पोखरा बागमारा स्थित सेती रिभर साइड रिसोर्टका सञ्चालक, लेखनाथ उद्योग वाणिज्य संघका सदस्य एवं नेपाली काँग्रेस पोखरा ३३ का सहसंयोजक समेत रहेका अधिकारी साथीहरु सहित मनाङका लागि निस्के । अधिकारीको लेक लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

लेकलागेर अप्ठ्यारो भएपछि बुधबार बिहान हेलिकोप्टरबाट मनिपाल अस्पताल ल्याइएको थियो । अस्पताल आउनु अगाडि नै श्वासप्रश्वासमा समस्या आई उनको निधन भइसकको बताइएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शवको पोस्टमार्टम गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ