पछिल्लो समय चलचित्रमा अभिनय गरेर स्थापित हुँदै गएकी २१ वर्षीया नायिका रुपा थापा मगरको बिहेको दुलान फर्काएर घर फर्किरहेका बेला स्कुटर दुर्घटनामा ज्यान गएको छ ।
उनका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् । मृतक थापाले मगरले चलचित्र लर्फु (पछ्यौरी) मा नायिकाको रुपमा अभिनय गरेकी थिइन् भने पाल्पाका विभिन्न एफएम रेडियोमा समेत प्रस्तोतामा रुपमा काम गरेकी थिइन् । घाइते महेश जापानमा बसोबास गर्दै आएका छन् । उनी गत महिना मात्र नेपाल फर्केर पहिल्यैदेखि प्रेम सम्बन्धमा रहेका रुपासँग बिहे गरेका थिए ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू चढेको लु३७प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु१च ७२५६ नम्बरको जिपले ठक्कर दिएको थियो ।
घाइते थापाको उपचारको क्रममा पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते थापाका श्रीमान् महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भइरहेको छ । उनको अवस्थासमेत गम्भीर रहेको अस्पतालले जनाएको छ । उनीहरूको ११ दिनअघि मात्रै मागी बिहे भएको थियो ।
मगर विद्यार्थी संघ पाल्पाकी पूर्वअध्यक्षसमेत रहेकी मृतक थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोस्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
प्रदेश प्रमुखद्वारा ग्याल्पो ल्होसारको शुभकामना
अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क शिक्षा
बागलुङका ६ स्थानीय सरकारको आफ्नै ‘सिंहदरबार’
रेबिज लागेका मृत जनावरहरु किनबेच गर्ने दुईजना पक्राउ
ज्येष्ठ नागरिकहरुलाई सामाजिक विकास कार्यालयको तीन लाख अनुदान
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम