ओयो रुम्स होटलका संस्थापक र सीइओ रितेश अग्रवाल एक यस्ता उदाहरणीय युवा उद्यमी हुन्, जसले कम उमेरमै लोभलाग्दो सफलता हासिल गरेका छन् । भारतको कट्टकमा जन्मिएका उनले सफल हुनको लागि कपाल फुल्नु आवश्यक छैन भन्ने पुष्टि गरिदिए ।
उमेरले भर्खरै २४ वर्ष भए अग्रवाल । उनी भारतलगायत नेपाल, मलेसिया, युएई, चीन र इन्डोनेसियाका दुई सय ३० शहरमा आठ हजार पाँच सयभन्दा धेरै होटलसँग साझेदारी गरिरेहेका छन् ।
चर्चित ‘ओयो रुम्स होटल चेन’ले सस्ता होटलहरुको व्यवस्थापन गर्ने गर्छ । ओयोले वार्षिक ४ हजार करोड भारतीय रुपैंयाभन्दा धेरै रकमको कारोबार गर्छ ।
रितेशलाई फोर्ब्स म्यागेजिनले ३० वर्षमुनीका सफल ३० युवा उद्यमीको सूचीमा समेटेको छ । उनको ओयो ब्रान्डले भारत लगायतका देशमा साना होटलहरुलाई आफ्नो छाताभित्र समेटेको छ । ओयोले विभिन्न शहरमा रहेका होटलहरुसँग साझेदारी गर्छ ।
ओयोमा आबद्ध भएपछि उनले होटलको सुविधा बढाउने, कर्मचारीहरुलाई तालिम दिने र सेवालाई चुस्त बनाउन र होटलको बुकिङमा सहयोग गर्ने गर्छन् ।
ओयोको एपबाट होटलको कोठा बुक गर्न, होटल कहाँ छ र होटलमा के-के सुविधाहरु भन्ने पत्ता लगाउन सकिन्छ ।
कसरी भयो ओयोको सुरुवात ?
केही वर्ष पहिले रितेश ओडिसाको एक सानो शहरमा सिमकार्ड बेच्ने गर्थे । आफ्नो नविन सोचको कारणले नै उनी सफलताको शिखरमा पुग्न सफल भएका हुन् ।
रितेशले १८ वर्षको हुँदा सन् २०१२ मा ओराभल स्टेज नामको वेबसाइट सार्वजनिक गरे, जसमा सस्तोमा होटल बुक गर्ने सुविधा थियो । त्यसपछि तीन महिनाको रिसर्च र १०० भन्दा धेरै सस्ता होटलहरु, गेस्टहाउसमा बसेपछि उनले ओराभललाई ओयोमा परिणत गरे ।
ओराभल स्टेज लञ्च गरेको केही समयपछि नै रितेशले पिटर थेलबाट ‘थेल फेलोसिप’को रुपमा एक लाख डलरको अनुदान प्राप्त गरे । यो फेलोसिपले पढाई रोकेका युवालाई आफ्नै व्यापार गर्न सघाउँछ ।
सन् २०१५ को मार्चमा ओयोले २४ मिलियन डलर सहायता प्राप्त गर्यो र सन् २०१५ कै अगस्टमा सफ्ट बैंक ग्रुपबाट १०० मिलियन डलर ऋण प्राप्त गर्यो । सफ्ट बैंकले ओयोलाई ऋण सहायता गर्दै आएको छ ।
रितेश अग्रवाल दक्षिणी उडिसाको एक सानो शहर विषम कट्टकका हुन् । सन् २०१५ मा दिएको एक अन्तवार्तामा ओयोको पुरा अर्थ ‘अन योर वोन’ रहेको उनले बताएका थिए ।
उनी कलेज ड्रप आउट हुन् तर, अहिले विश्वका नाम चलेका विश्वविद्यालयमा पढेका धेरैलाई उनले रोजगारी दिएका छन् ।
सम्बन्धित खबर
एक अध्ययन भन्छ – माइलो सन्तान सबैभन्दा असल !
अमेरिकी २२ वर्षीय संगीतकारले एकैपटक पाँच महिलालाई गर्भवती बनाएपछि !
फेसबुकको नाम फेरे एलन मस्कले जुकरबर्गलाई १ अर्ब डलर दिने !
भैँसीले अढाई तोला सुनको मङ्गलसूत्र निलेपछि पेट काटेर निकाले
गोरखामा स्वतन्त्र उम्मेद्वारको मत ‘शून्य’, आफ्नै मत हराएपछि अदालत जाने तयारी
बारम्बार निन्द्राबाट बिउँझनु असामायिक मृत्युको संकेत
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो