श्यामशितल परियार, लमजुङ । खेतमा ‘लहलह’ धान झुलेको छ । बारीमा ढकमक्क कोदो फुलेको छ । रात जुनेली । दिन घमाईलो छ । बजारमा बसेका छोराबहाुरी नाति पनि घरमा आएका छन् । दसैँको बेला गाउँमा मानिसको चहलपहल पनि बढेको छ ।
दसैँको छुट्टै रौनक छ । तर सुन्दरबजार नगरपालिका –६, का जुठे परियारको मन भने खासै रमाएको छैन, दसैँको उल्लासमय समयमा पनि । दसैँको बेला पनि उनलाई केही खल्लो महसुस भएको छ । दसैँको बेला ‘नहराको धुन’ सुन्न नपाउँदा केही खल्लो महसुस भएको हो, उनलाई ।
उनका अनुसार केही वर्ष अघिसम्म नौरथ सुरु भएदेखी नै गाउँ–शहरमा नगरा लगाउथे । नगरा लगाउँदाको दमाहाको धुनले दसैँ आएको आभाष गराउँथ्यो ।

‘नौरथ देखी उस्तै परे पूर्णेसम्म नगरा लगाउँथे । नगराको धुन सुन्न पाउँदा दसैँ आएजस्तो हुन्थ्यो । मनमा छुट्टै आभाष हुन्थ्यो । अहिले त नगराको धुन सुन्नै पाईँदैन । दसैँ नै सुनसान भएको छ । मलाई त दसैँ नै खल्लो लागेको छ,’ घरको पिँढीमा बसी चिया पिउँदै गरेका परियारले निराशा भावमा भने ।
जानकारहरुका अनुसार केही वर्ष अगाडि दसैको सुरुका दिनदेखी नै गाउँ–बस्तीमा दमाहा बजाएर नगरा लगाएको सुन्न सकिन्थ्यो । दसैँको बेला नगरा लगाएको घरमा सुख–शान्ति छाउने धार्मिक विश्वास पनि रहि आएको छ । दसैँको बेलामा परियारका समुदायका मान्छेले घर–घरमा पुगी दमाहा बजाएर लगाउने नगरा प्रथा पछिल्लो समय भने हराउँदै गएको छ ।
छैन युवापुस्ताको चासो र चिन्ता
युवा पुस्ताले चासो नदिँदा, नगरा लगाउनेलाई समाजले पनि राम्रो नजरले नहरेकै कारण यो प्रचलन बिस्तारै हराउँदै गएको सुन्दरबजारकै ५३ वर्षे भुलबहादुर परियारले बताए ।
‘अहिलेका ठिटाहरु बाजा बजाउनै लाज मान्छन् । बरु अरु समुदायका मान्छेले बाजा बजाएर हिँड्न थालिसके । त्यसैमाथि यो नगरा लगाउने चलन त हराईनै सक्यो नि । नगरा लगाउनेलाई समाजले खासै राम्रो नजरले पनि हेर्दैनन् । त्यसैले युवापुस्ताको त यसमा कुनै चाख नै छैन,’ उनले थपे ।
गतवर्ष दसैँको घटस्थापनादेखी नै नहरा लगाउँदै गाउँबस्तीका घर–घरमा पुगेका लमजुङ–फेदीकुना भुत्याहका भक्तबहादुर परियारले अहिलेको वर्ष नगरा लगाएनन ।
गतवर्ष गाउँमा रहेका २ सय बढि घरधुरीमा नगरा लगाई राम्रै भाग (नगरा लगाएस्वरुप विस्टले दिने दान) उठाएका उनले अहिलेको वर्ष भने नगरा लगाएनन ।
‘बिहान–बिहानै उठी नगरा लगाउँदै घर–घर पुग्नुपर्छ । उमेर पनि ढल्क्यो । नगरा लगाउनै गाह्रो भो । त्यसैले अहिलेको वर्ष नगरा लगाउन सकिन । अब नगरा लगाउन सक्दिन होला बाबै !,’ लामो समयसम्म नगरा बजाउँदै आएका भक्तबहादुरले नरमाईलो मान्दै भने ।
उनका अनुसार यो परियार समुदायको सँस्कार हो । परम्परा हो । पुर्खाले दिएको सम्पत्ति हो । ‘तर अहिले यो परम्परा सखापै भयो नी !,’ निन्याउरो पारामा बोले ।
सुतेकी देवी पनि ब्युँझने विश्वास !
घटस्थापनादेखी ब्राह्मण क्षेत्री समुदायमा दसैँको नवमीसम्म बिहानमा दुर्गा भवानीको पूजा गर्ने चलन छ । दमाहा बजाएर नगरा लगाउँदा दमाहाको धुनले सुतेकी देवी पनि ब्युँझने, प्रसन्न हुने र नहरा लगाएको घरमा सुख–शान्ति, समृद्धि छाउने विश्वास रहि आएको शिक्षण पेशामा लामो अनुभव बटल्नुभएका भोटेओडारका हरिप्रसाद अधिकारीले बताए ।
पछिल्लो समय यो प्रचलन हराउँदै गएकोमा उनलाई पनि ‘नमज्जा’ लाग्छ । हिन्दु धर्मसँस्कृतिसंग जोडिएको नगरा लगाउने प्रथा पछिल्लो समय हराउँदै गएकोमा सँस्कृतिप्रेमीहरुले चिन्ता व्यक्त गरेका छन् । परियार समुदायको मौलिक सँस्कार भएकाले नगरा लगाउने प्रथा जोगाउन सबै परियार समुदाय जुट्नुपर्ने सरोकारवालहरु बताउँछन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो