कफी सप ठूला शहरमा मात्र नभई स–साना शहरमा पनि निकै चलनचल्तीमा छ । कफी सपमा साथीहरु, पत्रकार, साहित्यकार, कलाकार र बेरोजगारहरुको समूह जम्मा हुने गर्छन् । यो अहिलेको मात्र नभई निकै पुरानो प्रचलन हो ।
यद्यपी, कफीका यी सामाजिक मेलमिलापको फाइदाबारे त हामी सबैलाई थाहा छ । तर यो स्वास्थ्यका लागि कति फाइदाजनक छ ? यसबारे निकै कम मानिसहरु तथ्यको आधारमा चर्चा गर्दछन् ।
कफी फाइदाजनक ! मिथ वा वास्तविकता ?
दिनमा तीनदेखि चार कप कफी पिउनु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । अनुसन्धानकर्ताका अनुसार दुध र चीनि नहालिएको कफी पिउनु, सबैभन्दा उत्तम हो । कफीसँगै भारी स्न्याक्सको सेवन गर्दा यसले कफीको असरलाई कम गर्दछ ।
यस्तोमा बीबीसी फ्युचरको समूहले कफीसँग जोडिएका विभिन्न दाबी मिथ हुन् वा वास्तविकता भन्ने बारे जान्न खोजेको छ । लण्डन युनिभर्सिटी कलेजको साइन्स एण्ड टेक्नोलोजी डिपार्टमेन्टले कफीको असरमाथि एक प्रकारको नोट तयार गरेको छ । कफी तपाईंको शरिरका लागि कसरी फाइदाजनक छ भन्ने बारे थाहा पाऔंः
– नियमित रुपमा कफी पिउँदा टाइप–टु डायबिटीजको खतरा निकै कम हुन्छ ।
सबैभन्दा ताजा रिपोर्टलाई विश्वास गर्ने हो भने कफीको हरेक कपले तपाईंको मधुमेहको खतरालाई ७ प्रतिशतसम्म कम गर्ने गर्दछ ।
– कफीमा पाइने क्याफिनले पार्किन्सन्सको रोग रोक्न सहयोग गर्दछ ।
यद्यपी, अहिलेसम्म यो फाइदालाई जानकारले पक्का रुपमा कफीको लाभमा समावेश गर्दैनन् ।
– कफी पिउँदा कलेजोको क्यान्सरको खतरा केही हदसम्म कम हुने गर्दछ ।
अन्य प्रकारका क्यान्सरमा कफीले कस्तो प्रभाव पार्छ त्यसबारे भने अहिले नै पक्का रुपमा भनिएको छैन ।
हुन त कफी स्वास्थ्यका लागि हरेक स्थितीमा राम्रो नै हुनुपर्छ भन्ने जरुरी छैन ।
जस्तै, केही अनुसन्धानले यो पनि बताउँछ कि यदि तपाईं नियमित रुपमा कफीको सेवन गर्नुहुन्न भने कफी पिएको एक घण्टाभित्र तपाईंलाई हृदयघात हुने खतरा धेरै हुन्छ ।
यद्यपी, यो अनुसन्धानले कफी पिउनेहरु कफी नपिउनेको तुलनामा धेरै वर्ष बाँच्ने स्पष्ट रुपमा बताएको छ ।
त्यसकारण यो भन्न सकिन्छ कि कफीले तपाईंलाई ‘फ्रेश’ बनाउने मात्र होइन, यो तपाईंको स्वास्थ्यका लागि फाइदाजनक पनि छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो