- बिनिता पन्त, डाइटिसियन
मुटु रोगको समयमै निदान, रोकथाम तथा नियन्त्रणका लागि नियमित जाँचसँगै नियमित व्यायाम तथा सन्तुलित भोजनको आवश्यकता पर्छ । दशैँमा खाइने खानाका कारण ‘हर्ट अट्याक’ र ‘कोलेस्टेरोल’ बढ्ने सम्भावना अधिक हुन्छ ।
मुटु रोग लाग्नुका कारणमा चिल्लो तथा मसलायुक्त खानेकुरा, चिनी तथा चिनीजन्य पदार्थको बढी प्रयोग, मासुका परिकार बढी खाने बानी, धूमपान र मद्यपानको आदत, अनियमित खानपान, जङ्कफुड र फास्टफुड खाने प्रवृत्ति आदि पर्दछन् । स्वस्थ व्यक्तिले पनि धूमपान र मद्यपान त्याग्ने, तौल नियन्त्रणमा राख्ने, नियमित व्यायाम गर्ने, स्वस्थ्यकर खाना खाने र रक्तचाप नियन्त्रणमा राख्ने गर्नुपर्दछ ।
मुटु रोग लागिसकेको छ भने, कुल क्यालोरीको ५५ देखि ६५ प्रतिशत कार्बोहाइड्रेटयुक्त खानेकुराबाट प्राप्त गर्नुपर्छ । चिल्लो कम गर्नका लागि कम चिल्लोयुक्त दूध, बोसो नभएको सेतो मासु, अन्डाको सेतो भाग आदिलाई खानामा समावेश गर्न सकिन्छ । मुटुरोग लाग्न नदिन कुल क्यालोरीको १० प्रतिशत मात्र चिल्लो पदार्थ भएको खाना खानुपर्छ ।
एक ग्राम तेलबाट ९ क्यालोरी शक्ति पाइने भएकाले तौल बढ्ने सम्भावना बढी हुन्छ । त्यसैले तेलको प्रयोग कम गर्नुपर्छ । स्वस्थ व्यक्तिले पनि ‘स्याच्युरेटेड फ्याट’ अर्थात् सामान्य तापक्रममा ठोस हुने चिल्लो (घ्यू, नौनी, बोसो आदि) पदार्थको प्रयोग धेरै कम गर्नुपर्छ । चिल्लो पदार्थको अत्याधिक प्रयोग गर्दा रक्त धमनीमा जम्न गई ‘क्रोनरी आर्टरी’ रोग छिटो लाग्ने सम्भावना रहन्छ ।
यसैगरी, ‘पोलिअनस्याच्युरेटेड प्mयाटी एसिड’ बढी भएका चिल्लो पदार्थ र तेल ठीक मात्रामा प्रयोग गर्नुपर्छ । सनफ्लावरको तेलले रगतमा नराम्रो कोलेस्टेरोल घटाए पनि मुटुका लागि सुरक्षित मानिएको राम्रो कोलेस्टेरोल नबढाउने भएकाले यस्ता तेल धेरै मात्रामा प्रयोग गर्नु स्वास्थकर हुँदैन ।
मोनोअनस्याच्युरेटेड प्mयाटी एसिड बढी भएका तोरी, बदाम, ओलिभको तेल मुटुका लागि राम्रो मानिन्छ । ‘ओमेगा–३ फ्याटी एसिड’ हाम्रो शरीरलाई अत्यावश्यक चिल्लो पदार्थ हो । यो पदार्थ शरीरमा नबन्ने भएकाले खानाबाट नै प्राप्त गर्नुपर्छ ।
यसले रगतमा ‘ट्राइग्लिसराइड’को मात्रा घटाउनुका साथै रगत जम्ने प्रक्रियालाई रोक लगाउँछ र रक्तचाप कम गराउँछ । तसर्थ यसको राम्रो स्रोत माछा, तोरीको तेल नियमित रूपमा प्रयोग गरेमा बढी फाइदा पुग्छ । यो पदार्थ केही मात्रामा हरिया सागसब्जी, भटमास, कालो दाल र मेथीबाट पनि प्राप्त गर्न सकिन्छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो