बलात्कारपछि हत्या गरिएकी श्रीया सुनारको परिवारलाई पोखरा महानगरको १ लाख सहयोग

बलात्कारपछि हत्या गरिएकी श्रीया सुनारको परिवारलाई पोखरा महानगरको १ लाख सहयोग

help-2

पोखरा, २७ असोज। पोखरा महानगरपालिका कार्यालयले बलात्कारपछि हत्या गरिएकी श्रीया बिक (सुनार) को परिवारलाई आर्थिक सहयोग गरेको छ ।

पोखरा महानगरपालिका पुम्दीभुम्दी वडा नम्वर २२ स्थित मृतक बिकको घरमै पुगेर उनकी आमा वेलकुमारी वि।क.लाई महानगरपालिकाका प्रमुख मानबहादुर जिसी, उप्रपमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेल, नेकपा सचेतक एवं वडा नम्वर १९ का अध्यक्ष शोभामोहन पौडेल र काँग्रेसका सचेतक एवं वडा नम्वर ९ का अध्यक्ष रामराज लामिछानेले संयुक्त रुपमा १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

प्रमुख जिसीले श्रीयाको हत्याले महानगर स्तब्ध भएको बताउँदै दोषीलाई कुनैपनि बहानामा उन्मुक्ति नदिने बताए ।
यसैबीच, सोही कार्यक्रममा पोखरा २२ पुम्दीभुम्दीको सृजनशिल क्लबका अध्यक्ष झम्कनाथ देवकोटाले श्रीयाका परिवारलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरे ।

श्रीयाको असोज ८ गते छिमेकी कुसुम पौडेलले बलात्कारपछि हत्या गरेका थिए । अभियुक्त पौडेललाई जिल्ला अदालतले पुर्पक्षका लागि जेलचलान गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो
सुरु भयो पदयात्राको याम
एमाले नेता अर्जुनलाई मातृशोक
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

ट्रेन्डिङ