पोखरा । कर्मचारी सञ्चय कोष पोखराका सञ्चयकर्ता र कर्मचारीले स्वास्थ्य उपचारका लागि प्रयोगशालाको सेवामा छुट पाउने भएका छन् । उनीहरुले पोखरा सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) मा हुने सबै प्रकारका जाँचमा ३० प्रतिशत छुट पाउने भएका हुन् ।
यस्तै, यूआरएलमा काम गर्ने कर्मचारीलाई पनि नयाँ श्रम ऐन अनुसार संस्थाले उपदान र सञ्चयकोषको व्यवस्था समेत गरेको छ । श्रम ऐन अनुसार मासिक तलब पाइरहेका कर्मचारीलाई संस्थाले गरेको यो निर्णयले थप फाइदा पुगेको छ ।
यससम्बन्धी सम्झौतामा शुक्रबार युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र कर्मचारी सञ्चय कोष पोखराका कार्यालय प्रमुख दिलीपराज पौडेलले हस्ताक्षर गरे । सञ्चयकर्तालाई बढी भन्दा बढी लाभ दिन र विभिन्न उद्योग, व्यवसाय, प्रतिष्ठानको सञ्चयकोषप्रति आकर्षण बढाउन यस्तो सम्झौत गरिएको कर्मचारी सञ्चय कोषले जनाएको छ ।
युआरएलका प्रबन्ध निर्देशक पन्तले युआरएल विभिन्न संघ, संस्थासँगको सहकार्यमा सामाजिक उत्तरदायित्व वहन गर्दै गुणस्तरीय ल्याब सेवा दिन संस्था प्रतिवद्ध रहेको बताए । युआरएलले यसअघि २३ वटा संघ, संस्थासँग यस्तो सम्झौता गरिसकेको छ ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो